केन्द्रीय संस्करण

ध्रुवीकरण एक ऐतिहासिक आवश्यकता

person explore access_timeमंसिर ८, २०७७ chat_bubble_outline0

मानव समाजमा सामाजिक शक्तिहरुबीचको ध्रुवीकरण निरन्तर चलिरहने प्रक्रिया हो । यो निरन्तरता समाज विज्ञानको गति र सामाजिक अस्तित्वको आधार पनि हो । अधिकांश समयमा यो गति मात्रात्मक विकासको बाटोबाटै अघि बढिरहेको हुन्छ । अर्थात् सामाजिक सुधारका परिणाम ल्याउँछ । कुनै कुनै समयमा ध्रुवीकरणको गति मात्रात्मक सीमामा मात्र रहन सक्दैन, तीव्र गतिमा अघि बढ्छ । त्यसबेला समाजमा एक खालको हलचल पैदा हुन्छ । त्यसले निकै ठूलो सामाजिक परिवर्तन ल्याइदिन्छ । त्यस्तो समाजिक ध्रुवीकरण नितान्त गुणात्मक प्रकृतिको हुन्छ । त्यसले समाजको पुरानो संरचनालाई चकनाचुर पारिदिन्छ र समाज एक नितान्त नयाँ ठाउँमा उभिन आइपुग्छ । अनि इतिहासले एउटा नयाँ अध्यायको आरम्भ गर्छ । त्योबेला हुने ध्रुवीकरण एउटा क्रान्तिको रूपमा दर्ज हुन्छ । अतः क्रान्ति र सुधारको अविराम यात्रामा कहिले गुणात्मक रूपान्तरण अर्थात् क्रान्तिका रूपमा त कहिले मात्रात्मक रूपान्तरण अर्थात् सुधारको रूपमा सामाजिक ध्रुवीकरण निरन्तर चलिरहन्छ ।

सामाजिक ध्रुवीकरणलाई निश्चित बुद्धिजीवी, र राजनीतिकर्मी या निश्चित सैनिक कमान्डरको मनोगत चाहनाका रूपमा मात्र परिभाषित गर्नु ज्ञानको अपूर्णता हुन जान्छ । ध्रुवीकरण अर्थात् क्रान्ति, परिवर्तन, रूपान्तरण यो केवल मानवीय आकाङ्क्षा मात्र नभएर समाजको वस्तुगत आवश्यकता हो । मानिसले, त्यसमध्ये पनि निश्चित नेतृत्वले (सैनिक या गैह्रसैनिक) भने उक्त आवश्यकतालाई आत्मसात र नेतृत्व गर्ने चाहिँ पक्कै हो । कुरा के पनि सत्य हो भने जतिसुकै वस्तुगत आवश्यकता भए पनि त्यसको सचेत र योजनाबद्ध पहल (नेतृत्व) भएन भने त्यो बेला सामाजिक ध्रुवीकरणले कुनै सार्थक परिणाम प्राप्त गर्न सक्दैन ।

सामाजिक ध्रुवीकरणलाई निश्चित बुद्धिजीवी, र राजनीतिकर्मी या निश्चित सैनिक कमान्डरको मनोगत चाहनाका रूपमा मात्र परिभाषित गर्नु ज्ञानको अपूर्णता हुन जान्छ । ध्रुवीकरण अर्थात् क्रान्ति, परिवर्तन, रूपान्तरण यो केवल मानवीय आकाङ्क्षा मात्र नभएर समाजको वस्तुगत आवश्यकता हो । मानिसले, त्यसमध्ये पनि निश्चित नेतृत्वले (सैनिक या गैह्रसैनिक) भने उक्त आवश्यकतालाई आत्मसात र नेतृत्व गर्ने चाहिँ पक्कै हो ।

उत्पादक शक्तिको विकास सामाजिक ध्रुवीकरणको निर्धारक वस्तुगत पक्ष हो । उत्पादनको प्रक्रियामा नयाँ नयाँ प्रविधिको प्रयोग र त्यसको निरन्तर विकासले उत्पादक शक्तिको विकासलाई जबर्जस्त आवश्यक बनाइदिन्छ । उत्पादक शक्तिको यो विकास जब एउटा निश्चित विन्दुमा पुग्छ त्यतिबेला समाजको परम्परागत उत्पादन सम्बन्धमा (स्वामित्व प्रणाली) ठूलै सङ्क्रमण सुरु हुन्छ । पुरानो स्वामित्व प्रणालीले सामाजिक आवश्यकताको उचित सम्बोधन गर्न नसक्ने हुन पुग्छ । त्यसको ठाउँमा नयाँ स्वामित्व प्रणाली अत्यावश्यक हुन जान्छ । त्यतिबेला समाजको परम्परागत शक्ति (सत्ताधारी) पुरानै स्वामित्व प्रणाली जसोतसो टिकाइराख्न सक्रिय हुन्छ भने परिवर्तनकारी शक्ति (विद्रोही) परम्परागत स्वामित्व प्रणालीको अन्त्य गर्न भिषण सङ्घर्षमा उत्रन पुग्छ । परम्परागत शक्ति र परिवर्तनकारी शक्ति अर्थात् सत्ताधारी र विद्रोही शक्तिबीच समाज ध्रुवीकृत हुन पुग्दछ । दुवै पक्षबीच घमासान युद्ध सुरु हुन्छ । यो युद्ध कहिलेकाहीँ दशक, शताब्दी र सहस्राब्दीसम्म नै चल्छ । जित–हारको अन्तिम टुङ्गो नलागेसम्म सानातिना विजय र पराजयका शृङ्खला चलिरहन्छन् ।

प्रकृति विज्ञानमा सङ्घर्षको परिणाम सामान्यतः गणितीय, सुनिश्चित अर्थात् एक प्रकारले अपेक्षाकृत हुन्छ । समाज विज्ञानमा भने सङ्घर्षको परिणाम कहिलेकाहीँ ज्यादै अनपेक्षित भइदिन्छ । प्रकृति विज्ञानमा धोका, सम्झौता र गद्दारी भन्ने हुँदैन । तर समाज विज्ञानमा त्यो सबै हुन्छ । किनकि विज्ञानका अन्य शाखाभन्दा समाज विज्ञानमा रहेको नितान्त फरक विशेषता के हो भने यहाँ विपरीत कित्तामा सङ्घर्षरत दुवै पक्ष सचेतन तत्त्व अर्थात् मान्छे हुन्छ ।

परम्परागत शक्तिहरु सदा सत्ताको छहारीमा रहने भएको हुनाले उनीहरुले परिवर्तनकारी शक्तिविरुद्ध सैनिक बल, आर्थिक प्रलोभन, छल र षडयन्त्रको सहारा लिने गर्छन् । प्रारम्भिक चरणमा उनीहरु यस कार्यमा सफल पनि हुन्छन् । त्यसखाले सफलता सामाजिक प्रतिक्रान्तिको रूपमा दर्ज हुन पुग्छ । त्यो नै धोका, सम्झौता र गद्दारी भनेर चिनिन्छ । तर यो प्रतिक्रान्तिकारी कदम क्षणिक अवरोध मात्र हुन पुग्छ । यो वर्षातको भेलले नदीलाई केहीछिन रोकी पानीको ठूलो सञ्चय गरेर झन ठूलो वेग निम्त्याएझैँ हुनपुग्छ । परिणामतः त्यो क्षणिक अवरोध तोडिन्छ । ध्रुवीकरणको नदी पुनः बग्न सुरु गर्छ, परम्पराका सम्पूर्ण बाँध तोडिन्छन् र ध्रुवीकरणले एक सार्थक परिणाम हासिल गर्छ । यसर्थ ध्रुवीकरण सारभूत रूपमा एक क्रान्ति हो । सामाजिक रूपान्तरणको गुणात्मक अभिव्यक्ति हो ।

परम्परागत शक्तिहरु सदा सत्ताको छहारीमा रहने भएको हुनाले उनीहरुले परिवर्तनकारी शक्तिविरुद्ध सैनिक बल, आर्थिक प्रलोभन, छल र षडयन्त्रको सहारा लिने गर्छन् । प्रारम्भिक चरणमा उनीहरु यस कार्यमा सफल पनि हुन्छन् । त्यसखाले सफलता सामाजिक प्रतिक्रान्तिको रूपमा दर्ज हुन पुग्छ ।

आजको सन्दर्भ

अचेल एउटा मूर्खतापूर्ण तर्क यदाकदा सुन्न पाइन्छ– ‘अब नेपाली समाजमा ध्रुवीकरणको युग समाप्त भयो ।’ यो तर्कका अनुसार ‘हिजो राजसंस्था थियो, त्योभन्दा अघि निरङ्कुश पञ्चायती शासन र अझ अघि जहानियाँ राणा शासन थियो । तर ती सबै आज केही छैनन् । त्यसैले अब कसका विरुद्ध ध्रुवीकृत हुने ?’ यस्तै अर्को पनि भ्रामक तर्क रहेको छ– ‘अब ध्रुवीकरण होइन विकास चाहिन्छ । राजनीतिक क्रान्तिको युग सकियो । अब आर्थिक क्रान्तिको युग सुरु भयो ।’

के ध्रुवीकरणको युग साँच्चै सकिएकै हो ? के अब नेपाली समाजमा अग्रगमनको अभियान सदाका लागि अन्त्य भयो ? के राजनीतिक क्रान्तिको आवश्यकता सकिएको हो ? के यो सम्भव कार्य हो ? वास्तवमा यी तर्क खासै नयाँ होइनन् । अग्रगमन र क्रान्तिकारी ध्रुवीकरणविरुद्ध सदाझैँ ओकल्ने गरिएका सडेगलेका र बासी तर्क हुन् ।

व्यावहारिक रूपमा भन्ने हो भने ध्रुवीकरणसम्बन्धी आजको मुख्य सन्दर्भ भनेको ‘गणतन्त्र’ स्थापनापश्चात् पनि जनताको आर्थिक–सामाजिक जीवनमा कुनै प्रगतिशील फेरबदल भएन भन्ने हो । बेरोजगारी, महँगी, भ्रष्टाचार, घुस चरम बढिरहेको मात्र होइन राज्य सञ्चालक नै त्यसका मतियार बनिरहेका छन् । राष्ट्रिय स्वाभिमान झन पछि झन कमजोर बन्दै गइरहेको छ । आर्थिक र सामाजिक क्षेत्रमा समेत नेपाली जनता झन कमजोर र परनिर्भर बनिरहेका छन् ।

राणा शासन पछि भएका प्रत्येक ध्रुवीकरणका पहल असफल सावित भएका छन् । नेपाली काँग्रेसको नेतृत्वमा २००७ सालमा सुरु गरिएको सशस्त्र सङ्घर्षले जहानियाँ राणातन्त्र मिल्काउन सफल त भयो तर त्यो जनताको व्यवस्थामा रूपान्तरण हुन सकेन । २०२८ सालको सशस्त्र सङ्घर्ष झन मुनामै निमोठियो । २०४६ सालको जनआन्दोलन सत्ता साझेदारीको भ¥याङ मात्र बन्यो । अझ दिक्दारी त के भयो भने २०५२ सालबाट सुरु गरेर दस वर्षसम्म सञ्चालित ‘माओवादी जनयुद्ध’ समेत सत्ता साझेदारीको घिन लाग्दो नवसंस्करण बन्न पुग्यो । माओवादी जनयुद्धको बलमा राजतन्त्र त उखेलियो तर त्यसको जगमा खडा भएको ‘लोकतान्त्रिक गणतन्त्र’ जनताको सत्तामा रूपान्तरण हुनु साटो मुठ्ठीभर दलालहरुको सत्ता बन्न पुग्यो ।

नेपाली इतिहासमा सामाजिक ध्रुवीकरणसम्बन्धी यि केहि पहलकदमिहरुले आफ्नो सापेक्षतामा परिवर्तनकारी शक्तिहरुको नेतृत्व अवश्य प्रदान गरे । तर ती सबै असफलतामा समाप्त भए, समाप्त पारिए । विगत ७० वर्ष यतादेखिको यो पट्यारलाग्दो चक्रले नेपाली समाज दिनप्रतिदिन उकुसमुकुस बन्दै गइरहेको छ ।

नेपाली इतिहासमा सामाजिक ध्रुवीकरणसम्बन्धी यि केहि पहलकदमिहरुले आफ्नो सापेक्षतामा परिवर्तनकारी शक्तिहरुको नेतृत्व अवश्य प्रदान गरे । तर ती सबै असफलतामा समाप्त भए, समाप्त पारिए । विगत ७० वर्ष यतादेखिको यो पट्यारलाग्दो चक्रले नेपाली समाज दिनप्रतिदिन उकुसमुकुस बन्दै गइरहेको छ । यहीबेला अर्को विश्वव्यापि उकुसमुकुस थपिएको छ– कोरोना महामारी । देशभित्र र बाहिरका यी तमाम घटनाक्रमले नेपाली सामाजको ध्रुवीकरणलाई तीव्रतामा अघि बढाइरहेको छ । ध्रुवीकरणको नयाँ जग प्रदान गरिरहेको छ ।

चुनौती र शिक्षा

नेपाली जनताको पटक पटकका सङ्घर्षमा व्यक्त महान् वलिदान, उच्च समर्पण र गौरवपूर्ण वीरता चुत्थो दलाली र घिनलाग्दो गद्दारीमा साटिनु नेपाली सामाजिक ध्रुवीकरणको आत्मगत चुनौती हो । यसखाले परिणतिले आम जनतामा राजनीतिक नेता र राजनीतिप्रति नै वितृष्णा बढाइरहेको छ । सामाजिक अग्रगमनका लागि यो विडम्बनापूर्ण अवस्था हो । यसको अर्थ नेपाली समाजको परिवर्तनकारी प्रवाह अवरुद्ध भयो भन्ने चाहिँ कदापि होइन । किनभने यहीबेला सत्तासिन शक्तिप्रति जनताको आक्रोस र घृणा इतिहासमै सर्वाधिक चरम रूपमा व्यक्त भइरहेको छ । तीतो यथार्थ के हो भने परिवर्तनकारी शक्तिका नेता र नारा खरिद गरेर प्रतिक्रियावाद आफ्नो अस्तित्व धान्न सफल भएको छ ।

अन्तिम परिणाममा असम्भव कार्य भए पनि परम्परागत शक्तिले वैधानिक सेना, अदालत र कर्मचारीतन्त्र आदि सबै अङ्ग परिवर्तनकारी शक्तिविरुद्ध परिचालन गर्नु उनीहरुको बाध्यात्मक विकल्प हो । अतः सामाजिक ध्रुवीकरण सजिलै सम्भव कार्य अवश्य होइन । हुन त विकसित उत्पादन सम्बन्ध एउटा तोप बनेर बज्रन्छ, त्यो बेला प्रतिक्रियावादी शक्तिको विघटन र नयाँ ध्रुवीकरणलाई संसारको कुनै पनि ताकतले रोक्न सक्दैन । फेरि पनि एउटा निश्चित अवधिसम्म प्रतिक्रियावादी शक्तिले सशस्त्र बलद्वारा क्रान्तिकारी प्रवाहलाई रोक्न खोज्दा त्यसका प्रतिजबाफ सशस्त्र बलद्वारा नै दिनु परिवर्तनकारीको पनि बाध्यात्मक विकल्प हुन जान्छ । किनभने ध्रुवीकरणको अन्तिम परिणाम कहीँ र कहिल्यै पनि सहज, भद्र र सौम्य भएको आजसम्मको इतिहास छैन । यो वस्तुगत चुनौतीलाई आत्मसात गर्नु परिवर्तनका सच्चा बाहकहरुको परम कर्तव्य हो ।

परिवर्तनकारी शक्ति सदा उच्च नैतिक ताकतमा रहन जरुरी हुन्छ । किनभने परिवर्तन स्वयंमा एउटा त्यस्तो नैतिक मूल्य हो जो समाजबिना  अग्रगामी नेतृत्व असम्भव हुन्छ । जबकि सम्झौता, धोका र गद्दारी परिवर्तनकारी शक्तिका लागि सबैभन्दा चर्को क्षति हो । अतः इतिहासको यो शिक्षालाई इमानदारीपूर्वक स्वीकार गर्नु सामाजिक ध्रुवीकरणको अनिवार्य सर्त हो ।

ध्रुवीकरणका आधारभूत पक्ष

ध्रुवीकरण एक निरन्तर प्रक्रिया हुने भएकाले ध्रुवीकरणका शक्तिहरु अस्थायी र सापेक्षित हुन्छन् । सामान्यतः ध्रुवीकरण शोषक र शोषित, शासक र जनताबीच हुने गर्छ । तर शासक र शोषक एवं शोषित र जनताको स्थानमा समयअनुसार फरक–फरक वर्ग र उपवर्ग पैदा हुने भएकाले प्रत्येक समयका एउटै प्रकारका सामाजिक शक्तिहरु रहँदैनन् । अतः ध्रुवीकरणका शर्तहरु पनि सापेक्षित हुनु अनिवार्य हुन्छ ।

नेपाली समाजमा आज पनि ध्रुवीकरणको एउटा प्रमुख विषय हो– जनजीविका । श्रमजीवी वर्गका नेपाली जनताको जनजीवन निकै कष्टकर छ । जो जनसङ्ख्याको दृष्टिले ९० प्रतिशतभन्दा धेरै छ । हुन त नेपाली समाज सामाजिक रूपले समेत निकै विभेदकारी छ । फेरि पनि सामाजिक विभेदको शिकार समाजको सबैभन्दा विपन्न तह रहने गरेको यथार्थ जगजाहेर नै छ । शिक्षा र स्वास्थ्य जस्तो आधारभूत आवश्यकताबाट समेत यही तप्का सबैभन्दा ज्यादा वञ्चित हुँदै गइरहेको छ । अभाव, अपमान, बेरोजगारी, महँगी, घुस, कमिसन इत्यादिको मार सबैभन्दा बढी यही तप्काले बेहोर्नुपरिरहेको छ । सत्तामा हुने गरेको राजनीतिक फेरबदल यो तप्कालाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भइरहेको छ ।

नेपाली समाजमा आज पनि ध्रुवीकरणको एउटा प्रमुख विषय हो– जनजीविका । श्रमजीवी वर्गका नेपाली जनताको जनजीवन निकै कष्टकर छ । जो जनसङ्ख्याको दृष्टिले ९० प्रतिशतभन्दा धेरै छ । हुन त नेपाली समाज सामाजिक रूपले समेत निकै विभेदकारी छ । फेरि पनि सामाजिक विभेदको शिकार समाजको सबैभन्दा विपन्न तह रहने गरेको यथार्थ जगजाहेर नै छ । शिक्षा र स्वास्थ्य जस्तो आधारभूत आवश्यकताबाट समेत यही तप्का सबैभन्दा ज्यादा वञ्चित हुँदै गइरहेको छ ।

ध्रुवीकरणको अर्को विषय हो– राष्ट्रियता । राष्ट्रियताको विषयमा निकै अचम्म लाग्दो कुरा के छ भने विगतभन्दा वर्तमानमा झन झन राष्ट्रघात बढिरहेको छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी आजका मात्रै विषय होइनन् । बरु यसमाथि थपिएका अरू विषय हुन्– अरुण तीन, माथिल्लो कर्णाली, कोसी उच्च्च बाँध आदि । साँचो भन्ने हो भने सिमानामा अर्थात् माटोमा जति राष्ट्रघात भएको छ त्योभन्दा ज्यादा नीति र संस्कृतिमा भइरहेको छ । आर्थिक रूपमा नेपाल पूरै विदेशीहरुमाथि निर्भर छ । औद्योगिक उत्पादनमा मात्रै नभएर कृषिजन्य उत्पादनमा समेत नेपाल परनिर्भर हुनु निकै विडम्बना हो । नेपालीका विविध मौलिक संस्कृति सङ्ग्रहालयमा समेत अब जीवित छैनन् । सांस्कृतिक मूल्यबिनाको समाज परनिर्भर हुन्छ, परजीवी हुन्छ र अन्ततः त्यसको मृत्यु हुन्छ ।

ध्रुवीकरणको तेस्रो विषय हो– जनतन्त्र । नेपाली जनताले हाल जुन प्रकारको राजनीतिक प्रणाली भोगिरहेका छन् त्यो त्यसकै परिणाम हो जो उनीहरुले आफ्नो दैनिक जीवनमा भोगिरहेका छन् । नाम र रूपका दृष्टिले यसलाई ‘लोकतान्त्रिक गणतन्त्र’ भनिए पनि यथार्थमा यो न लोकतन्त्र हो न गणतन्त्र नै । बरु यो दुनियाँको सबैभन्दा नकामसिद्ध दलालतन्त्र हो । जनयुद्धको नाममा जमिनदारको जग्गा कब्जाको प्रपञ्च रचेर उक्त जग्गा माफियासँग मिलेर बेच्ने मात्र होइन प्रधानमन्त्री कार्यालयको जमिनसमेत बेच्ने जग्गा दलाल नै यो देशका मन्त्री र प्रधानमन्त्री छन् भने स्पष्ट हुन्छ कि यो देशको ‘तन्त्र’ कस्तो खाले हो ? सबैभन्दा भ्रष्ट पात्रहरु नै अख्तियार र न्यायालय जस्ता अति संवेदनशील निकायका प्रमुख हुनु र तिनीहरुले सत्ताको गतिलो छहारी पाउनु दलालतन्त्रको आधारभूत विशेषता हो ।

निष्कर्ष,

नेपाल राष्ट्र र नेपाली जनताको उज्ज्वल भविष्यका लागि ध्रुवीकरण अत्यावश्यक विषय हो । तर त्यो ध्रुवीकरण प्रतिगमन र प्रतिक्रान्तिको रूपमा होइन, न त सुधारका लागि नै हो । ध्रुवीकरण नेपाली समाजको आमूल रूपान्तरणका लागि हुन जरुरी छ । जसले नेपाली समाजमा विद्यमान उत्पादन सम्बन्धको नै परिवर्तन गरोस् । कोरोना महामारीको बेलामा समेत स्वास्थ्य सेवालाई खरिद गर्नुपर्ने विडम्बनाकारी सत्ताको रूपमा होइन, शिक्षा र स्वास्थ्यमा निजीकरणको पूर्ण अन्त्य गर्न ध्रुवीकरण आवश्यक छ । कोरोना महामारीको विश्वव्यापि सङ्कटका बेला जनतालाई साँझ–बिहानको छाक टार्न मुस्किल भएर विदेशिन बाध्य पार्ने राज्यको रूपमा होइन, सम्पूर्ण जनतालाई आत्मसम्मानका साथ रोजगारको सुनिश्चितता प्रदान गर्न ध्रुवीकरण आवश्यक छ । सरकारी उद्योगहरुलाई कौडीको मूल्यमा बेचेर देशको श्रमिक शक्तिलाई विदेश पठाउने राज्यको रूपमा होइन राष्ट्रिय उद्योगको प्रवर्धन र विकास गरी देशलाई स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको रूपमा पुनर्गठन गर्न ध्रुवीकरणको आवश्यकता छ । मधेसे र पहाडे, दलित र गैह्र दलित, नाक चुच्चे र थेप्चेको रूपमा विभेद होइन समानता, स्वाभिमान र आत्मसम्मानको संस्कृति निर्माणका लागि ध्रुवीकरण आवश्यक छ ।

कोरोना महामारीको बेलामा समेत स्वास्थ्य सेवालाई खरिद गर्नुपर्ने विडम्बनाकारी सत्ताको रूपमा होइन, शिक्षा र स्वास्थ्यमा निजीकरणको पूर्ण अन्त्य गर्न ध्रुवीकरण आवश्यक छ । कोरोना महामारीको विश्वव्यापि सङ्कटका बेला जनतालाई साँझ–बिहानको छाक टार्न मुस्किल भएर विदेशिन बाध्य पार्ने राज्यको रूपमा होइन, सम्पूर्ण जनतालाई आत्मसम्मानका साथ रोजगारको सुनिश्चितता प्रदान गर्न ध्रुवीकरण आवश्यक छ ।

सार्थक ध्रुवीकरण कुनै सामाजिक अभियान मात्रै होइन यो विशुद्ध आर्थिक क्रान्ति पनि होइन । यो वास्तवमा भिषण युद्ध सहितको अर्थ–राजनीतिक क्रान्ति हो । यो सरकार परिवर्तन मात्र नभएर सत्ता परिवर्तन हो । यो सत्ता साझेदारीका साथ एकादुई पात्र परिवर्तनको नौटङ्की नभएर उत्पीडनमा थिचिएका सामाजिक शक्तिहरूको सुनिश्चित सहभागितासहित राजनीतिक प्रणालीको आमूल परिवर्तन हो । अन्ततः ध्रुवीकरण एक क्रान्ति हो । राष्ट्रियताको क्रान्ति, जनजीविकाको क्रान्ति, जनतन्त्रको क्रान्ति । देशभक्त शक्तिहरु, जनताका पक्षधरहरु र कम्युनिस्ट–क्रान्तिकारीहरु एकताबद्ध भएर मात्र आजको यो चुनौती सामना गर्न सम्भव छ । यो नै आजको नेपाली समाजको ध्रुवीकरण सम्बन्धीय ऐतिहासिक आवश्यकता हो ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.