बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुढो बाघ : इटालीमा ज्लाटानको एकपछि अर्को कीर्तिमान

सोमबार, ०८ मङ्सिर २०७७, ०७ : २७
सोमबार, ०८ मङ्सिर २०७७

एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोवीचले इटालियन सिरिए ‘ए’ मा दुर्लभ कीर्तिमान बनाएका छन् । लिगको इतिहासमा सिजनको शुरुवाती ६ खेलमा गोल गर्ने उनी मात्र चौथो खेलाडी बनेका हु्न् ।

३९ वर्षीय खेलाडीलाई यूरोपको शीर्ष लिगमध्ये एक मानिने इटालीको लिगका लागि बुढा भएको ठानिएको थियो । तर, उनले सबै आलोचकलाई जवाफ दिँदै यो सिजन आफ्नो उत्कृष्ट फर्म जारी राखेका छन् ।

आइतबार नापोलीविरुद्ध गोल गर्दै उनले लगातार शुरुवाती ६ खेलमा गोल गर्ने कीर्तिमान बनाए । खेलको २० औँ मिनेटमा गोल गर्दै कीर्तिमान बनाएका स्वीडेनका खेलाडीले ५४ औँ मिनेटमा दोस्रो गर्दै टोलीलाई ३–१ को जीत दिलाए ।

यसअघि यो उपलब्धि फ्लोरेन्टिनाका ग्याब्रियल बाटिसटुटा (सन् १९९४–९५), इन्टर मिलानका क्रिस्टियन भिएरी (सन् २००२–०३) र जेनोआका किर्जिस्टोफ पायाटेक (सन् २०१८–१९) ले हासिल गरेका थिए ।

गत सेप्टेम्बर २१ मा बोलोग्नाविरुद्ध २ गोल गर्दै सिजन सुरुवात गरेका उनले बीचमा केही खेल कोरोनाभाइरसको संक्रमणका कारण गुमाउनुपरेको थियो ।

सिरिए ए को ८ खेलपछि १० गोल गर्ने उनी सबैभन्दा बुढा खेलाडी पनि बनेका छन् । यसअघि यो कीर्तिमान २९ वर्षको उमेरमा सिल्भियो  पिओलाले सन् १९४२–४३ सिजनमा बनाएका थिए ।

यद्यपि, आइतबारको खेल ज्लाटानका लागि पूर्णरुपमा सुखद् भने रहेन । उनले घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप