शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनले मंगलबार नयाँ मन्त्रिमण्डल घोषणा गर्ने

सोमबार, ०८ मङ्सिर २०७७, ०० : ०२
सोमबार, ०८ मङ्सिर २०७७

एजेन्सी । अमेरिकामा नयाँ सरकारको गठन प्रक्रिया विस्तारै सुरु भएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले मंगलबार आफ्नो मन्त्रीमण्डलको घोषणा गर्ने भएका छन् । उनले यसअघि नै वित्तमन्त्रीको चयन गरिसकेका छन् । यही बीचमा ट्रम्पका पर्यवेक्षकहरुले थुप्रै ठाउँहरुमा मतगणना रोक्न प्रयास गरेका थिए । यद्यपि, ट्रम्प पक्षधरले त्यो अभियानलाई जारी नै राखिरहेका छन् । उनीहरुले जर्जियामा पुनः मतगणना गर्न माग गरिरहेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ह्वाइट हाउसका चीफ अफ स्टाफ रोन क्लाइनले आइतबार एक कार्यक्रमम भने– ‘तपाईहरुले आगामी मंगलबार नयाँ मन्त्रिपरिषदको जानकारी प्राप्त गर्नुहुनेछ । मन्त्रिमण्डलमा को–को पर्नेछन् भनेर जान्न चाहानुहुन्छ भनेचाहि तपाईहरुले मंगलबारसम्म कुर्नुपर्ने हुन्छ । मन्त्रिमण्डल नव निर्वाचित राष्ट्रपति आफंैले घोषणा गर्नेछन् ।’

वाइडेनले आफ्नो प्रशासनमा अमेरिकाका सबै वर्गलाई उचित प्रतिनिधित्व गर्ने वाचा गरेका छन् । गत हप्ता उनले भनेका थिए कि त्यस्ता व्यक्तिलाई मात्र मन्त्रिपरिषदमा समावेश गरिनेछ, जुन डेमोक्र्याटिक पार्टी लगायत सबैलाई स्वीकार्य हुन्छ । उनले आफ्नो मन्त्रिपरिषदका लागि केही व्यक्तिहरुलाई पनि छानिसकेका छन् । जसमा पूर्व संघीय अध्यक्ष जेनेट एलेन, वर्तमान फेडरल गभर्नर लेएल ब्रेनाड, सारा ब्लुम रुस्किन र एटलान्टाका फेडरल रिजर्व बैंकका अध्यष राफेल बोस्टिक रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप