केन्द्रीय संस्करण

प्रदेश  १ मा ३११  सङ्क्रमित निको, २१४ थप

person explore access_timeमंसिर ७, २०७७ chat_bubble_outline0

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३११ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । यससँगै उपचारपछि निको हुनेको सङ्ख्या अहिलेसम्म २० हजार ८९९ पुगेको छ । 

पछिल्लो २४ घण्टामा  प्रदेशमा ८०७ जनाको पिसीआर परीक्षण गरिएकामा ७८ महिलासहित २१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ७३ मध्ये विराटनगरमा ३४, सुनसरीका ५३, झापाका ५०, सङ्खुवासभा र इलामका छ÷छ, खोटाङका तीन, उदयपुरका दुई, धनकुटा र पाँचथरका एक÷एक र प्रदेश बाहिरका १९ जना रहेका  छन् । 

प्रदेशमा सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २५ हजार २९० पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै एक लाख ८३ हजार ४१४ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.