
भालुको पित्त र सालकको खपटा कारोबार गर्ने ४ जना पक्राउ

काठमाडौं । दुर्लभ बन्यजन्तु सालकको खपटा र भालुको पित्त कारोबार गर्ने ४ जनालाई प्रहरीले पक्रेको छ । महानगरीय अपराध महाशाखाको टोलीले सालकको खपटा कारोबार गर्ने दुईजनालाई चावहिलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रे महाभारत गाउँपालिका घर भएका २५ बर्षीय बिनोद तामाङ र काभ्रेको सल्ले भुम्लु घर भएका ४७ बर्षीय लालसिंह तामाङ छन् ।
उनिहरुको साथबाट १ केजी २५ ग्राम तौल भएको सालकको खपटा बरामद गरिएको महाशाखाले जनाएको छ । त्यस्तै, भालुको पित्त बेच्न हिँडेका २ जनालाई प्रहरीले गोंगवुबाट पक्राउ गरेको हो ।
भालुको पित्त बेच्न हिँडेका दार्चुलाका रविन्द्र ठगुन्ना र पाँचथरका वविन्द्र वेघालाई पक्राउ गरिएको महागरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) ईश्वर कार्कीले रातोपाटीलाई बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ