केन्द्रीय संस्करण

झापामा एक पुरुषले गरे श्रीमतीको हत्या

person explore access_timeमंसिर ७, २०७७ chat_bubble_outline0

झापा । झापाको दमक– १ का चूडामणि भण्डारीले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कमल –६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आज साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोप लगाइएको छ ।

भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।  अभियुक्त भण्डारीलाई नियन्त्रणमा लिइसकिएको बताइएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.