बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीयलाई बेवास्ता गर्दै मोलुङ गाउँपालिकाले अस्पताल निमार्णको काम अघि बढाएको गुनासो

आइतबार, ०७ मङ्सिर २०७७, १७ : २१
आइतबार, ०७ मङ्सिर २०७७

ओखलढुंगा । सरकारले प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्न स्वीकृति प्रदान गरेको छ । सोही अनुरुप ओखलढुंगाका स्थानीय तहले पनि अस्पताल निमार्णको तयारी थालेका छन् । तर जिल्लाको मोलुङ गाउँपापलिकामा बन्ने १५ शैयाको अस्पताल निमार्णको विषयलाई लिएर स्थानीय सरकारप्रति नागरिकको असन्तुष्टी तिब्र बनेको  छ । गाउँपालिकाले नागरिकको मागलाई बेवास्ता गर्दै अपायक पर्ने स्थानमा अस्पताल बनाउन लागेको भन्दै वडा नम्बर ३ र ५ प्राप्चाका स्थानीयले असन्तुष्टी जनाएका हुन् । 

स्थानीयले गाउँपालिकाको केन्द्र प्राप्चामै अस्पताल निमार्ण गर्नुपर्ने माग गर्दै गाउँपालिकासहित नेपाल सरकारको बारम्बार ध्यानाकषर्ण गराएका थिए । तर नागरिकको गुनासोलाई सुनुवाई नगरी गाउँपालिकाले वडा नम्बर दुइ रामपुरमा अस्पताल निमार्णका लागी प्रकृया अगाडी बढाएको प्राप्चाका स्थानीय बालकृष्ण दाहालले बताए । गाउँपालिका केन्द्रमा स्थानीयले २० रोपनी जग्गा निशुल्क दिएपनि गाउँपालिकाले एकलौटी ढंगबाट रामपुरमा अस्पताल बनाउन प्रकृया अघि बढाएको दाहालको भनाई छ । 

गाउँपालिकाले निति नियम विपरित कार्यपालिकाको बैठक नै नबसी अस्पताल वडा नम्बर दुई रामपुरमा निमार्ण गर्न लागेको प्राप्चाका अर्का स्थानीय तथा नेकपा जिल्ला सदस्या लेखनाथ फुयालले बताए । उनले गाउँपालिकाको हरेक कामहरु नीतिगत हुनुपर्ने र माथिल्लो निकायबाट आएको योजनामा पारदर्शिता हुनुपर्ने बताए ।

यसअघि पनि गाउँपालिका केन्द्रमा अस्पताल निमार्ण गर्नुपर्ने भन्दै गाउँसभाका सदस्यसहित करिब ५ सय बढी स्थानीयहरुले हस्ताक्षरसहितको मागपत्र गाउँपालिका अध्यक्ष मणिराज राईलाई बुझाएका थिए । तर अस्पताल निर्माणको बिषयमा नागरिकको मागलाई भन्दा गाउँपालिकाले सुगमलाई हेरिएको स्थानीयको आरोप छ ।

वडागत हिसाबले समेत अस्पताल निर्माण गर्न पालिकाकेन्द्रलाई उपयुक्त मानिएपनि सदरमुकाम नजिकको स्थान रामपुर बजारमा अस्पताल निमार्ण गर्न लागेको नेपाली काँग्रेसका नेता बिष्णु अधिकारीले बताए । आम नागरिकलाई पायक पर्ने स्थानीय गाउँपालिकाको केन्द्र भएपनि गाउँपालिकाले एकलौटी हिसाबमा अस्पतालमा रामपुरमा बनाउन लागेको उनको भनाई  छ । 

स्थानीय तहमा बन्ने अस्पताल गाउँपाकिाको केन्द्रमा बनाउन माग गर्दै स्थानियले मन्त्रालयमा समेत निवेदन दिएका छन् । तर मन्त्रालयबाट गाउँ कार्यपालिकाको निणर्यबाट पास भएर आउनुपर्ने जवाफ आएको अधिकारीको भनाई छ । तर गाउँपालिकाले भने अस्पताल निमार्ण गर्ने विषयमा निर्णय नगरेको जनाएको छ ।

गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालका अनुसार गाउँपालिकाले कुनै नीतिगत निणर्य नगरेको र माथिबाट आएको निर्देशन अनुसारनै अघि बढेको प्रतिकृया दिए । सघन सहरी कार्यालयबाट रामपुरमा रहेको स्वास्थ्य चौकीलााई नै स्तरोन्नती गर्ने भनि निर्देशन आएकाले सोही अनुसार स्वास्थ्य चौकीलाई पत्र पठाउने स्वास्थ्य चौकीले नै निशुल्क जग्गाको ब्यवस्थापन गरेको उनको भनाई छ ।  हाल अस्पताल निमार्णका लागी गाउँपालिका दुई रामपुरमा ९ रोपनी जग्गा जुटाइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप