शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेप्सेको कारोबार ७ अर्ब नजिक, बिहीबारको रेकर्ड तोडियो

आइतबार, ०७ मङ्सिर २०७७, १५ : ४६
आइतबार, ०७ मङ्सिर २०७७

काठमाडौं । सेयर बजारमा सर्वाधिक कारोबारको भएको बिहीबारको रेकर्ड तोडिएको छ । बिहीबार ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएर रेकर्ड कायम गरेको बजारमा आइतबार ६ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको हो । उच्च कारोबारका बीच नेप्से परिसूचक भने ४.६९ अंकले मात्रै बढेको छ । 

बजारमा कारोबार सुरु हुनेबित्तिकै नेप्से परिसूचक बढेर १ हजार ८ सय ११ अंकमा पुगेको थियो । त्यसलगत्तै २५ अंकले बजार घटेपछि बजारमा खरिदकताएको चाप उच्च देखिन थाल्यो । बजारमा खरिदको चाप सुरु भएसँगै मध्यान्हसम्ममा बजार फेरि पुरानै अंकमा फर्किएको थियो । 

त्यसपछिको अढाई घण्टासम्म भने बजार घट्दो क्रममा रह्यो । बजारमा बक्रिेताको चाप देखिँदा खरिदकर्ताहरुले मूल्य घटाएर सेयर उठाए । बजार बन्द हुनुभन्दा आधा घण्टा अघिसम्म पनि नकारात्मक अवस्थामा रहेको कारोबारले अन्तिम समयमा रिकभर गर्दा परिसूचकमा झिनो सुधार आएको हो । 

यो दिन बजारमा वाणिज्य बैंक समूहमा उछाल देखियो । बिहीबार ३६ अंकले बजार बढेर पनि बढ्न नसकेको वाणिज्य बैंक समूह आइतबार भने अरु समूहमा गिरावटका बाबजुद पनि उत्साहजनक ढंगले बढ्न सफल भयो । विकास बैंक र अन्य समूहमा झिनो वृद्धि हुँदा व्यापारमूलक र होटल समूहले भने उच्च दरको गिरावट व्यहोर्न बाध्य भयो । 

आइतबार सिटिजन्स म्युचुअल फण्ड–२ र जेविल्स फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा प्रभु बैंक, नबिल बैंक, अजोड इन्स्योरेन्स, नेको इन्स्योरेन्स लगायतको शेयरमूल्ष्यमा उच्च वृद्धि देखियो । माउन्टेन हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर, साल्ट ट्रेडिङ लगायतको सेयरमूल्यमा भने उच्च गिरावट आएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप