शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सावधान ! कोरोनाको लक्षण देखिँदैमा एन्टिबायोटिक, जडीबुुटीजन्य औषधि सेवन नगरौँ

होम आइसोलेसनमा बस्ने सङ्क्रमित कस्तो अवस्थामा अस्पताल जाने ?
आइतबार, ०७ मङ्सिर २०७७, १५ : १५
आइतबार, ०७ मङ्सिर २०७७

नेपालमा कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण भएर होम आइसोलेसनमा बस्नेको सङ्ख्या २५ हजार ३ सय ४७ जना पुुगेको छ । उपत्यका लगायत देशभरका आइसोलेसन सेन्टरका बेड धेरैजसो खाली छन् । तर आइसोलेसन सेन्टर र अस्पतालमा लक्षणसहितका बिरामी नबसेर होम आइसोलेसनमा बस्नेको सङ्ख्या बढ्दै गएको छ । होम आइसोलेसनमा बस्ने लक्षणसहित र लक्षणविहीन सङ्क्रमितले चिकित्सकको सल्लाहबिना कोरोना निको हुने, नियन्त्रण हुने, अन्यलाई सङ्क्रमण नहुने नाममा एन्टिबायोटिक औषधि, विभिन्न प्रकारका जडीबुुटीहरु सेवन गर्ने गरेको पाइन्छ ।

तर के यो अभ्यास जनस्वास्थ्यको दृष्टिकोणले सुरक्षित छ त ? वास्तवमा, होम आइसोलेसनमा बसेका लक्षण देखिएका र नदेखिएका सङ्क्रमितले कसरी सावधानी अपनाउने ? उनीहरुले औषधी लगायत खानेकुराहरु के खाने वा नखाने ? सङ्क्रमित कस्तो अवस्थामा अस्पताल पुुग्नुपर्छ ? यिनै विषयमा केन्द्रित रहेर टेकुुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलासँग रातोपाटीकर्मी माया श्रेष्ठले गरेको कुराकानी ।

होम आइसोलेसनमा बसेका लक्षणसहितका वा लक्षणरहित कोरोना सङ्क्रमितले पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड के हुन् ?

कोरोना सङ्क्रमण भएर होम आइसोलेसनमा बसेका लक्षणविहीन  व्यक्ति पनि घरमा सकेसम्म छुट्टै कोठामा बस्नुपर्छ । छुट्टै शौचालयको प्रयोग गर्ने, अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, वृद्धवृद्धा तथा दीर्घरोगीको वरिपरि नजाने, पटक पटक साबुनपानीले हात धुने गर्नुपर्छ । साबुनपानीले हातधुन नमिलेको खण्डमा सेनिटाइजरको प्रयोग गर्न पनि सकिन्छ । लक्षणविहीन सङ्क्रमितले आफूलाई लक्षण देखिएको छ वा छैन भन्ने ख्याल गर्न जरुरी हुन्छ ।

मधुमेह, मोटोपन, दम भएका ५० वर्षभन्दा माथिका व्यक्ति, शरीरको कुनै अङ्ग फेरेका व्यक्तिलाई लक्षण नदेखिए पनि घरका अन्य सदस्यले सावधानी अपनाएर नजिकबाट नियाल्नुपर्छ । वृद्धवृद्धा तथा दीर्घरोगीले गाह्रो भएको वा अक्सिजनको मात्रा कम भए नभएको बारेमा थाहा नपाउन सक्छन् । त्यसैले परिवारका अन्य सदस्यले त्यसबारे विशेष ख्याल गर्नुपर्छ । यी व्यक्तिको नजिक जाँदा अनिवार्य रुपमा मास्क लगाउने तथा सामाजिक दूरी कायम गर्नुपर्छ ।

होम आइसोलेसनमा बस्दा मनोविज्ञानलाई असर गर्ने समाचारलाई हेर्न बन्द गर्नुपर्छ । आफू कसरी सुरक्षित हुने र आफूबाट परिवारका अन्य सदस्यलाई सुरक्षित कसरी राख्ने भन्ने कुरामा लक्षणसहितका मात्रै हैन, लक्षणविहीन सङ्क्रमितले पनि ध्यान दिनुपर्छ । कोरोना सङ्क्रमितले होम आइसोलेसनमा बस्दा मनलाई शान्त बनाउन योगा, ध्यान, विभिन्न किसिमका प्राणयाम गर्नुपर्छ । घरका अन्य सदस्यले पनि यी कार्य गर्न प्रोत्साहन गर्नुपर्छ । इन्टरनेटकै माध्यमबाट साथीभाइ आफन्तजनसँग सम्पर्कमा रहिरहनुुपर्छ । जनस्वास्थ्यका मापदण्डको  अनिवार्य रूपमा पालना लक्षणविहीन र लक्षणसहितका दुवै सङ्क्रमितले गर्नुपर्छ ।

मधुमेह, मोटोपन, दम भएका ५० वर्षभन्दा माथिका व्यक्ति, शरीरको कुनै अङ्ग फेरेका व्यक्तिलाई लक्षण नदेखिए पनि घरका अन्य सदस्यले सावधानी अपनाएर नजिकबाट नियाल्नुपर्छ । वृद्धवृद्धा तथा दीर्घरोगीले गाह्रो भएको वा अक्सिजनको मात्रा कम भए नभएको बारेमा थाहा नपाउन सक्छन् । त्यसैले परिवारका अन्य सदस्यले त्यसबारे विशेष ख्याल गर्नुपर्छ । यी व्यक्तिको नजिक जाँदा अनिवार्य रुपमा मास्क लगाउने तथा सामाजिक दूरी कायम गर्नुपर्छ ।

अर्को महत्त्वपूर्ण कुरा भनेको घरमा गर्भवती महिला हुनुहुन्छ भने पहिला नै कहाँ सुत्केरी गराउने भन्ने कुरा निक्र्योल गर्नुपर्छ । सुत्केरी हुने महिलामा कोरोना सङ्क्रमणको लक्षण देखियो भने कुन अस्पताल जाने, अस्पताल कसरी जान सकिन्छ, कुन एम्बुलेन्सले छिटो सेवा दिन्छ भन्ने पहिला नै जानकारी राख्नुपर्छ । अस्पताल तथा स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर सहज उपलब्ध हुने गरी सुरक्षित गर्नुपर्छ । होम आइसोलेसनमा बस्ने लक्षणविहीन र लक्षण भएका बिरामीलाई पनि स्वास्थ्य समस्या सिर्जना हुन सक्ने भएकाले सबैले अस्पताल, सरकारका हटलाइन, एम्बुलेन्स लगायतका फोन नम्बर थाहा पाउनु जरुरी हुन्छ ।

होम आइसोलेनमा बसेका सङ्क्रमितले यी खाने कुरा खाएर सङ्क्रमणविरुद्ध लड्न सकिन्छ भन्ने अहिलेसम्म प्रमाणित भएको छैन । त्यसैले घरमा खाने नियमित खानेकुरालाई रुटिन बनाएर खाने, प्रत्येक खानामा ताजा हरियो सागसब्जीमा बढी जोड दिनुपर्छ भने ताजा माछा, मासु, अण्डा सेवन पनि जोड दिनुपर्छ । त्यस्तै फलफूल तथा दूध, दही, गेडागुुडी दैनिक रूपमा मिलाएर खानुपर्छ । हामीले दैनिक रूपमा खानेकुरालाई स्वास्थ, सफा तरिकाले मिलाएर खाने गर्नाले रोग प्रतिरोधात्मक क्षमता अवश्य बढ्छ ।

होम आइसोलेसनमा बस्ने सङ्क्रमितले चिकित्सकको सल्लाहबिना औषधि वा भिटामिन कुन अवस्थामा आफै प्रयोग गर्न सक्छन् ?

मुख्यतः होम आइसोलेसनमा बसेका लक्षणविहीन र लक्षणसहितका कुनै पनि सङ्क्रमितले चिकित्सकको सल्लाह बिना औषधि तथा भिटामिनको सेवन गर्नु हुँदैन । होम आइसोलेसनमा बसेका बिरामीको स्वास्थ्य अवस्था गम्भीर, सामान्य, मध्यम भन्ने आधारमा मात्रै कुनै खास औषधि सेवन गर भन्न मिल्दैन । किनभने कोरोना उपचारका लागि औषधि पत्ता लागेको पनि छैन ।  होम आइसोलेसनमा बस्ने केही व्यक्तिले विशेषज्ञको सल्लाहबिना औषधि सेवन गर्दा स्वास्थ्य समस्या उल्टै बढ्न सक्छ । पछिल्लो समय होम आइसोलेसनमा बस्ने सङ्क्रमितले चिकित्सकको परार्मशबिना औषधि सेवन गर्ने गरेको समेत पाइएको छ । सामान्य ज्वारो छ भने सल्लाहबिना सिटामोल खान सकिन्छ । अन्यथा चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न मेरो सल्लाह छ ।  लक्षणको आधारमा मात्रै चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक औषधि सेवन नगरौँ ।

अर्को कुरा लक्षण देखिएर वा नदेखिएर कोरोना भाइरस सङ्क्रमण भए नभएको पत्ता लगाउन पीसीआर गर्दा रिपोर्ट पोजेटिभ आयो भने रोग लागेको ठानिन्छ । तर रुघाखाकी, ज्वरो, श्वासप्रश्वासमा समस्या देखियो र कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा रोग नै होइन जस्तो गरेको पाइन्छ । अस्पतालमा भर्ना भएका केही बिरामीमा सङ्क्रमण भएपछि निमोनियाले लागेर भर्ना भएका बिरामीको पहिला रिपोर्ट पोजेटिभ आउने, केही दिनपछि पीसीआर गर्दा कोरोना नेगेटिभ देखिए पनि निमोनिया भने निको भएको हुँदैन । लक्षण केही पनि छैन तर पीसीआर गर्दा पोजेटिभ आयो भनेर आत्तिने हाम्रो बानी छ । लक्षण केही पनि देखिएको छैन तर आत्तालिएर यो यो खानुपर्छ भनेर हल्लाको पछि लाग्नु हुँदैन । उचित परीक्षण र विशेषज्ञको सल्लाहबिना अनावश्यक रूपमा औषधिजन्य जडीबुुटी सेवन गर्दा पनि समस्या हुन सक्छ । लक्षणविहीन कोरोना सङ्क्रमितले आत्तिएर रेम्डेसिभिर औषधि खरिद गरेर केहीले राख्ने गरेको देखेको छुु । यो पनि गलत हो ।

भिटामिन डी, जिङ्क जस्ता कुराले कोरानोविरुद्ध लड्न के फाइदा पुर्याउँछ ?

भिटामिन डी, जिङ्क सेवन गर्दा शरीरलाई फाइदा हुन्छ । होम आइसोलेसनमा बस्नेहरुले पनि सेवन गर्दा हुन्छ । कोरोना भाइरस सङ्क्रमितलाई कुनकुन औषधि, भिटामिन सेवन गराउँदा स्वस्थ हुन्छन् भन्ने कुरा पत्ता लागेको छैन । त्यसैले यो यो भिटामिन सेवन गरेमा कोरोनाविरुद्ध लड्न फाइदा पु¥याउँछ भन्ने कुरा प्रमाणित भएको छैन । 

कोरोना सङ्क्रमण भएर होम आइसोलेसनमा बस्नेले रोकथाम तथा नियन्त्रणका नाममा विभिन्न खाले जुडीबुटी सेवन गरेको पाइन्छ । कोरोना सङ्क्रमण रोकथाम जडीबुुटीजन्य औषधिले काम गर्छ भन्ने कुरा प्रमाणित भएको छैन । त्यसैले विशेषज्ञको सल्लाहबिना हल्लाका भरमा जडीबुुटीजन्य औषधि पनि सेवन नगर्न मेरो आग्रह छ ।

होम आइसोलेसनमा बसेका सङ्क्रमितले के कस्ता खानेकुरा खान जरुरी हुन्छ, जसले गर्दा सङ्क्रमण विरुद्ध लड्न प्रतिरोधात्मक क्षमता बढाउँछ ?

होम आइसोलेनमा बसेका सङ्क्रमितले यी खाने कुरा खाएर सङ्क्रमणविरुद्ध लड्न सकिन्छ भन्ने अहिलेसम्म प्रमाणित भएको छैन । त्यसैले घरमा खाने नियमित खानेकुरालाई रुटिन बनाएर खाने, प्रत्येक खानामा ताजा हरियो सागसब्जीमा बढी जोड दिनुपर्छ भने ताजा माछा, मासु, अण्डा सेवन पनि जोड दिनुपर्छ । त्यस्तै फलफूल तथा दूध, दही, गेडागुुडी दैनिक रूपमा मिलाएर खानुपर्छ । हामीले दैनिक रूपमा खानेकुरालाई स्वास्थ, सफा तरिकाले मिलाएर खाने गर्नाले रोग प्रतिरोधात्मक क्षमता अवश्य बढ्छ ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा परम्परागत मरमसला, जडीबुटीको प्रभावकारिता बारे बारम्बार कुरा उठ्ने गर्छ । त्यस्ता कुरा खान ठीक कि बेठीक ?

कोरोना सङ्क्रमण भएर होम आइसोलेसनमा बस्नेले रोकथाम तथा नियन्त्रणका नाममा विभिन्न खाले जुडीबुटी सेवन गरेको पाइन्छ । कोरोना सङ्क्रमण रोकथाम जडीबुुटीजन्य औषधिले काम गर्छ भन्ने कुरा प्रमाणित भएको छैन । त्यसैले विशेषज्ञको सल्लाहबिना हल्लाका भरमा जडीबुुटीजन्य औषधि पनि सेवन नगर्न मेरो आग्रह छ । होम आइसोलेसनमा बस्ने र सङ्क्रमण नहोस् भनेर रोगसँग लड्न प्रतिरोधात्मक क्षमता बढाउन भन्दै विभिन्न किसिमका जडीबुटी सेवन गर्ने गरेको पाइन्छ । तर कुन जडीबुुटी सेवन गर्दा कोरोना सङ्क्रमण हुनबाट जोगिइन्छ र कोरोना सङ्क्रमण भएपछि छिट्टै निको हुन्छ भन्ने कुनै आधार पनि प्रमाणित हुनसकेको छैन ।

यी जडीबुटी वा औषधि सेवन गरेर कोरोना सङ्क्रमण हुनबाट बाँचिन्छ र नियन्त्रण हुुन्छ भनेर विश्व स्वास्थ्य सङ्गठनले भनेको भए पनि यी यी जडीबुुटी र औषधि सेवन गर्न भन्थ्यौँ । लक्षणविहीन सङ्क्रमितले दैनिक खानपानमा स्वास्थ खानेकुरा खाएर होम आइसोलेसनमा बस्नुु होस् । लक्षणसहितका सङ्क्रमितले लक्षणअनुसारका औषधि चिकित्सकको परामर्शमा मात्रै सेवन गर्नुहोस् । होम आइसोलेसनमा बस्नेहरुले बढी मात्रा जडीबुटीजन्य औषधि खाएर निको भएको वा सङ्क्रमण दर कम भएको र रोकथाम भएको अहिलेसम्म अनुसन्धानबाट प्रमाणित भएको छैन ।

वृद्धवृद्धा र  दीर्घरोगीहरुले आक्सिजन कमी भएको थाहा नपाउन सक्ने हुँदा घरका सदस्यले ध्यान राख्नुपर्छ । मधुमेह, मोटोपन, दमका ५० वर्षभन्दा माथिका व्यक्तिलाई लक्षण देखिएर गाह्रो भएको छ कि छैन भन्ने परिवारका अन्य सदस्यले ख्याल गर्नुपर्छ । होम आइसोलेसनमा बसेका युवाको अक्सिजन ९३ भन्दा तल र दमका बिरामीको अक्सिजन ८८ भन्दा कम भएमा चिकित्सकसँग सल्लाह गरेर तुरुन्तै अस्पताल लैजानुपर्छ ।

कोरोना महामारी फैलनुुभन्दा अघि बुवाआमाले हामीलाई रुघाखोकी लाग्दा बेसारपानी सेवन गर्न दिनुुभएकै हो । हाम्रो भान्सामा पाइने ज्वानो, मेथी, मरिच, अदुवा, लसुन दैनिक रूपमा हामीले खाएकै छौँ । यर्थात्मा यो जुडीबुुटी सेवन गरेर कोरोना सङ्क्रमण हुनबाट जोगाउने र सङ्क्रमण भएपछि निको हुने भन्ने कुरा प्रमाणित भएको छैन ।

होम आइसोलेसनमा बसेका सङ्क्रमितलाई  कस्तो अवस्थामा तुरुन्तै अस्पताल लैजान जरुरी हुन्छ ?

होम आइसोलेसनमा बसेका सङ्क्रमितलाई दुई तीन दिनमा एक दुई पटक मात्रै खोकी लाग्ने तर पछि ५ दिनबाट ज्वारो आउने, खोकी, गन्ध थाहा नपाउने हुन्छ । यी लक्षण देखिनेहरुले चिकित्सक सल्लाहमा औषधि सेवन गर्न सकिन्छ ।  तर औषधि सेवन गरेपछि पनि ज्वरो, खोकी, गन्ध थाहा नपाउने, बढी थकानको महसुुस हुने, सुत्ने बेलामा सकस हुुने गरेको खण्डमा   नियोनिया भएको अनुमान लगाउन सकिन्छ । होम आइसोलेनमा बस्दा यी लक्षण तुलनात्मक रूपमा बढेको छ, छैन भन्ने कुरालाई ध्यान दिनुपर्छ । पछिल्लो समय होम आइसोलेसनमा बसेका कोरोना सङ्क्रमित ५ देखि ९ दिनभित्र लक्षण देखिएर अक्सिजनको कमी वा नियोनिया भएर धेरै बिरामी अस्पताल आइपुग्छन् । भनेपछि  होम आइसोलेसन बस्दा ५ दिनपछि ज्वरो, खोकी, गन्ध थाहा नपाउने,  शरीर गल्ने र सुत्दा गाह्रो भएको महसुस भएमा तुरुन्त सङ्क्रमित अस्पताल पुग्नुपर्छ । यस्तो अवस्थामा धेरैलाई ह्याप्पी हाइपोक्सेमिया भएको पाइन्छ । यो अवस्थामा पुगेको संक्रमितलाई बाहिरबाट हेर्दा श्वासप्रश्वासमा कुनै सकस नै नभएको जस्तो देखिन्छ । तर बिरामीको शरीरमा अक्सिजनको मात्रा न्यून भएर गएको हुन्छ । उता निमोनिया हुुन सक्छ । त्यसैले होम आइसोलेसनमा बस्ने सङ्क्रमितले बेलाबेलामा अक्सिजन नाप्नु पर्छ । होम आइसोलेसनमा बस्ने सबैजना युवा हुँदैन । त्यसैले वृद्धवृद्धा र  दीर्घरोगीहरुले आक्सिजन कमी भएको थाहा नपाउन सक्ने हुँदा घरका सदस्यले ध्यान राख्नुपर्छ । मधुमेह, मोटोपन, दमका ५० वर्षभन्दा माथिका व्यक्तिलाई लक्षण देखिएर गाह्रो भएको छ कि छैन भन्ने परिवारका अन्य सदस्यले ख्याल गर्नुपर्छ । होम आइसोलेसनमा बसेका युवाको अक्सिजन ९३ भन्दा तल र दमका बिरामीको अक्सिजन ८८ भन्दा कम भएमा चिकित्सकसँग सल्लाह गरेर तुरुन्तै अस्पताल लैजानुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप