बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चर्चामा हाँस्यश्रृंखला ‘गोलमाल’

आइतबार, ०७ मङ्सिर २०७७, १४ : ४१
आइतबार, ०७ मङ्सिर २०७७

काठमाडौं । हाँस्य श्रृंखला ‘गोलमाल’ अहिले चर्चामा छ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको यो श्रृंखला नेत्र राउतले निर्देशन गरेका हुन् । नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएका केही श्रृंखला अन्य टेलिभिजनमा गएपछि यसले चर्चा पाएको हो ।

परशुराम रिजाल निर्माता रहेको श्रृखलामा हाँस्यकलाकार पवन खतिवडा ‘म्याकुरी’, प्रयांकस्टार एलिश राई, नबिना सिलवाल ‘खुईली’, कमेडी च्याम्पियनबाट चर्चा कमाएका खड्गबहादुर पुनमगर खबपु, लगायतका कलाकारहरुको अभिनय रहेको छ । निर्देशक नेत्रकै कथा रहेको श्रृंखला हरेक बिहिबार राती नेपाल टेलिभिजनमा ८ बजेर ५० मिनेटमा प्रसार हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप