शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘शाओमी’ नेपालको स्मार्टफोन बजारमा पूनः नम्बर १ स्थानमा

आइतबार, ०७ मङ्सिर २०७७, १४ : १४
आइतबार, ०७ मङ्सिर २०७७

काठमाडौं । ‘शाओमी’ले आज आईडीसीको पछिल्लो वल्र्डवाइड क्वार्टरली मोबाइल फोन ट्र्याकर तेस्रो त्रैमासिक २०२० रिपोर्ट अनुसार शाओमी फेरि नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बनेको घोषणा गरेको छ । सन् २०२० को पहिलो त्रैमासिकमा ब्राण्डले नेपालको स्मार्टफोन बजारमा नेतृत्व गरेको थियो र यो दोस्रो पटक फेरि पहिलो स्थानमा उकालो लागेको छ ।

हाल युनिट शिपमेन्टमा आधारित ३४.१% बजार सेयर रहेको ब्राण्डले सफलतापूर्वक मी र रेडमी सिरिजका स्मार्टफोन सार्वजनिक गर्दै स्मार्टफोन वर्गको लागि नेपालमा शीर्ष स्थान ओगटेको छ । 

शाओमी, नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी आईडीसीको सन् २०२० तेस्रो त्रैमासिकको रिपोर्ट अनुसार नेपालको नम्बर १ स्मार्टफोन ब्राण्ड भएकोमा प्रसन्न छौं । हामी मी फ्यानहरूबाट प्राप्त गरेको प्रेम र समर्थनका लागि आभारी छौं र यसले हामीलाई सबैको लागि नवीन प्रविधि प्रदान गर्ने हाम्रो उद्देश्यको नजिक पुग्न मद्दत गरेको छ । हाम्रा उत्पादनहरू, व्यवसायिक मोडल र पूर्वाधारहरूमा निरन्तर नवीनता मार्फत हाम्रा प्रयोगकर्ताहरूको निरन्तर विश्वास जित्ने र प्रशंसा प्राप्त गर्ने हाम्रो प्रतिबद्धतातिर काम गर्न जारी राख्नेछौं ।’ 

ब्राण्डले विभिन्न मूल्य बिन्दुमा शिर्ष विशेषता भएका स्मार्टफोनहरु सिरिजहरु—रेडमी ९ए, रेडमी ९सी, रेडमी ९, रेडमी नोट ९, रेडमी नोट ९ प्रो र रेडमी नोट ९ प्रो म्याक्स सार्वजनिक गर्दै बजारमा उल्लेखनीय वृद्धि देखेको छ । 

शाओमीले उनीहरूको अनलाइन बिक्री साझेदार दराज डट कम र सस्तोडिलसँग काम गरिरहेकी छ जसले ब्राण्डको व्यापक पहुँचमा ठूलो योगदान पु¥याइरहेको छ । अफलाइन विस्तारले समग्र वृद्धिमा अहम भूमिका निर्वाह गरेको छ जहाँ शाओमीले देशभर १६००ं भन्दा बढी अफलाइन पार्टनर स्टोरहरू र ३५० भन्दा बढि मी प्रिफर्ड पार्टनर स्टोरहरु स्थापना गर्दै नेपालमा आफ्नो उपस्थिति बढाइरहेको छ । 

कम्पनी हाल विभिन्न स्थानहरुमा एक मजबूत वितरण नेटवर्कको पकड बनाएको छ । उनीहरूले आधिकारिक सर्भिस सेन्टरमार्फत बिक्री पछिको सेवा मजबुद बनाउनका साथै नेपालमा ग्राहकका आवश्यकताहरू पूरा गर्न समर्पित वेयरहाउस मार्फत बजारमा आफ्नो स्थितिको सुदृढीकरण गरेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप