बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनको टाँडीमा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

आइतबार, ०७ मङ्सिर २०७७, १३ : ५०
आइतबार, ०७ मङ्सिर २०७७

काठमाडौं । चितवनको टाँडीमा बमजस्तो देखिन शंकास्पद बस्तु फेला परेको छ । टाँडी बजारमा कालो प्लाष्टिक बेरेर राखिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डिएसपी) सुर्यबहादुर थापाले रातापाटीलाई बताए ।

टाँडीस्थित निर्माणाधीन आकाशे पुलमा फेला परेको शंकास्पद बस्तु ढुंगालाई प्लाष्टिकले बेरेको राखिएको खुलेको छ । त्रास सिर्जना गराउन दुईओटा पोका बनाएर शंकास्पद बस्तु राख्नेको खोजी भइरहेको डिएसपी थापाले बताए ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप