
गुल्मीमा जिप दुर्घटना हुँदा २ जना घाइते

गुल्मी ।गुल्मीमा आइतबार दिउँसो जिप दुर्घटना हुँदा २ जना घाइते भएका छ्न् । जिल्लाको सेउवाबाट बुटवलतर्फ जाँदै गरेको लु१ ज ३९०९ नम्बरको जिप रेसुङ्गा नगरपालिका ४ को अर्खले भन्ने स्थानमा दुर्घटना हुँदा २ जना घाइते भएका हुन । घाइते हुनेमा इस्मा गाउँपालिका १ कि ३६ वर्षीया शान्ता बीसी र रुपन्देहीको कन्चन गाउँपालिका ४ हटैयाकी कमला क्षेत्री रहेका छन् ।
उनीहरुलाई केहीबेर अघि उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएको जिल्ला प्रहरी प्रमुख एसपी प्रबीण कुमार श्रेष्ठले जानकारी दिए । बिपरित दिशाबाट आउँदै गरेको मोटर साइकललाइ बचाउँन खोज्दा जिप सडकमा पल्टिएको जनाइएको छ । जिपमा बालबालिका सहित १० जना सवार थिए । चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ