अमेरिकी विदेशमन्त्रीसँग अफगान सरकार र तालिबान वार्ताका संयोजकहरुको भेट

एजेन्सी । अफगानिस्तान सरकार र तालिबान सशस्त्र समूहका विद्रोहीहरुका शान्ति वार्ताका मध्यस्थकर्ताहरुसँग अमेरिकी विदेशमन्त्रीले भेट गरेका छन् । हाल कतारको दोहामा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शनिबार दोहामा भेट गर्नुभएको बताइएको छ ।
ती दुवै जनासँगको सो भेटघाटका क्रममा अमेरिकी विदेशमन्त्री पोम्पेओले अफगानिस्तानमा पछिल्ला समयमा हिंसा बढेकोप्रति चिन्ता व्यक्त गरेका थिए । त्यस भेटका क्रममा विदेशमन्त्री पोम्पेओले अफगानिस्तानमा यस्तो प्रकारको हिंसालाई घटाउन, शान्ति वार्ताको समयमा गरेको प्रतिबद्धता बमोजिम युद्धविरामको अवस्था पालना गर्न पनि भनेका थिए ।
साथै पछिल्लो समयमा अफगानिस्तानको सरकार र तालिबानका तर्फबाट शुरु भएको भनिएको सो वार्ता पनि रोकिएकोले त्यस वार्ताको क्रमलाई अघि बढाउन पनि उनले दुवै तर्फका वार्ता टोलीका संयोजक तथा मध्यस्थकर्ताहरुलाई आग्रह गरेका थिए ।
शनिबार मात्र पनि अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमण गरिएको थियो । सो रकेट आक्रमणमा परेर कैयौँ मानिस मारिएको थिए । उक्त २३ वटा रकेट आक्रमण गरेर हिंसात्मक हमला भएको दिन नै अमेरिकी विदेश मन्त्री पोम्पेओ दोहा पुगेका छन् ।
करिब दुई महिना अघि देखि दोहामा अफगानिस्तानको सरकार र तालिबानको शान्ति वार्ता शुरु भएको भनिएको थियो तर अहिले आएर निकै दिनदेखि सो वार्ता रोकिएको थियो । त्यसैले अमेरिकी विदेशमन्त्री पोम्पेओले दुई पक्षबीचमा शुरु भएको सो वार्तालाई निरन्तरता दिन भनेका हुन् । यसअघि उक्त वार्ता शुरु गर्नका लागि पनि अमेरिकाले सहयोग गरेको थियो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य