प्रिमियर लिगः सिटीलाई हराउँदै स्पर्स शीर्ष स्थानमा, चेल्सीको विजयी यात्रा जारी

म्यान्चेस्टर सिटीलाई पराजित गर्दै टोटनहम हटस्पर्स इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा स्पर्स २–० गोलअन्तरले विजयी बनेको हो ।
जोसे मोरिन्हो भर्सेस पेप ग्वार्डिओलाको रुपमा हेरिएको खेलमा स्पर्सले उत्कृष्ट रणनीतिक अनुशासन प्रदर्शन गर्दै सिटीलाई हराउन सफल रह्यो ।
खेलको पाँचौ मिनेटमा नै सन ह्युङ मिनले स्पर्सलाई अग्रता दिलाए भने दोस्रो हाफको ६५ औँ मिनेटमा जियोभानी लो सेल्सोले गोल गर्दै स्पर्सको जीत सुनिश्चित गरे । । पहिलो हाफमा भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) ले ग्याब्रियल जिसुसको गोललाई रद्द गरेको थियो ।
सन् २०१४ को अगस्तपछि टोटनह्यामले पहिलो पटक लिगको शीर्ष स्थानमा पुगेको हो । ९ खेलबाट टोटनह्यामको २० अंक रहेको छ । उता, सिटी भने ८ खेलपछि १२ अंकसहित लिगको ११ औँ स्थानमा सिमित रहेको छ । सन् २००८–०९ सिजनपछि सिटीको यो सबैभन्दा खराब शुरुवात हो ।
उता, न्युक्यासललाई २–० गोलले पराजित गर्दै चेल्सी लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीको जीतमा फेडेरिको फर्नान्डेजले आत्मघाती गोल गरे भने ट्यामी एब्राहमले अर्को गोल थपे । योसँगै चेल्सीले सबै प्रतियोगितामा लगातार पाँच खेलमा हासिल गर्न सफल भएको छ ।
शनिबार नै भएको अन्य खेलमा म्यान्चेस्टर युनाइटेडले वेस्टब्रोम आल्बियोनलाई हरायो । खेलको दोस्रो हाफमा ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई जीत दिलाए । यो सिजन आफ्नो घरेलु मैदान ओल्ड ट्राफोडमा युनाइटेड पहिलो पटक विजयी बनेको हो । जीतपछि युनाइटेड आठ खेलबाट १३ अंक बटुल्दै लिगको नवौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो पेट्रोल र डिजेलको मूल्य
-
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरमा कति ?
-
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
-
जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न बीमा प्राधिकरणसँग इप्पानको माग
-
प्रधान सेनापतिद्वारा दुई पृतनाको निरीक्षण भ्रमण
-
१२ सयबाट ३२ सय विद्यार्थी पुर्याएर बिदा भए अध्यक्ष दंगाल