मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ शल्यचिकित्सक डा.मुडभरीको कोरोनाबाट निधन

शनिबार, ०६ मङ्सिर २०७७, २३ : ४९
शनिबार, ०६ मङ्सिर २०७७

काठमाडौं । वरिष्ठ चिकित्सक डा.ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहेका ७७ वर्षीय डा.मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा आज उनको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिइन् ।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पु¥याएका डा.मुडभरी ॐ अस्पतालका संस्थापक हुन्  । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्व.मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप