केन्द्रीय संस्करण

ओली सरकारले ‘चोरलाई चौतारो र साधुलाई शूली’ गर्‍योः प्रकाण्ड

person explore access_timeमंसिर ६, २०७७ chat_bubble_outline0
file photo

काठमाडौं । प्रतिबन्धित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले पार्टीका दुई नेता पक्राउको कडा शब्दमा निन्दा गर्दै ओली सरकारको कार्यशैलीको विरोध गरेका छन् । शनिबार एक विज्ञप्तिमार्फत प्रकाण्डले ओली सरकारले ‘चोरलाई चौतारो र साधुलाई शूली’ को नीति लिएको आरोप लगाउँदै सरकार र गृह प्रशासनको विरोध गरेका छन् । 

मङ्सिर ५ गते पार्टीका अर्थ विभागका अध्यक्ष तथा पार्टी ब्युरो सदस्य प्रेम दर्नाल ‘विकल्प’ र अर्थ विभाग सदस्य सञ्जीव नेपाली ‘सुवर्ण’ लाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो ।  विज्ञप्तिमा पक्राउ परेका उनीहरुलाई बिनासर्त रिहा गर्न माग गरिएको छ । प्रहरीले चन्दा असुलीमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेपनि प्रकाण्डको विज्ञप्तिमा राजनीतिक स्वतन्त्रता र मानवअधिकारमा ओली सरकारले घोर उल्लङ्घन गरेको आरोप लगाइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.