शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कार्वाही गर्न सिफारिस

शनिबार, ०६ मङ्सिर २०७७, २२ : ४७
शनिबार, ०६ मङ्सिर २०७७

काठमाडौं । नेकपा राप्ती नगर कमिटी चितवनले पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले सम्बोधन गरिरहेका बेला भएको नाराबाजीप्रति आपत्ति जनाएको छ । कमिटीले शनिबार एक विज्ञप्ति जारी गरी नेता पाण्डेले पार्टीको बैठक चलिरहेका बेला आफ्नो मन्तव्य राखिरहेकै अवस्थामा केही अराजक व्यक्तिहरुको हुल प्रवेश गरी नारबाजी गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

नगर कमिटीले नाराबाजी पद्धती र विधानभन्दा बाहिर गई कसैबाट निर्देशित रुपमा गरिएको आरोप लगाउँदै कमिटीभन्दा बाहिरका केही अराजक व्यक्तिहरुको त्यसमा सहभागिता रहेको जनाएको छ ।  जारी विज्ञप्तिमा भनिएको छः ‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने, गराउने जोसुकै भएपनि छानविन गरी कडाभन्दा कडा कार्वाहीको लागि पार्टी जिल्ला कमिटीलाई सिफारिस गर्छौं ।’

कमिटीले विभिन्न सामाजिक सञ्जालहरुमा नेता पाण्डेमाथि अभद्र व्यवहार भएको र कार्यक्रम विथोलिएको भन्दै समाचार आएको सत्य नभई बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएकोले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेको छ । नेता पाण्डे चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवम् पूर्वअर्थमन्त्री समेत हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप