शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा १३५ सङ्क्रमित थप

शनिबार, ०६ मङ्सिर २०७७, २१ : २९
शनिबार, ०६ मङ्सिर २०७७

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३६८ कोरोना निको भएका छन् भने १३५ जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ सङ्क्रमितमध्ये ६७ महिला र ६८ पुरुष छन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना निको हुनेमा होम आइसोलेसनका ३६५ छन् भने न्यूरो अस्पताल विराटनगरका तीन जना छन् । यस प्रदेशमा कोरोना निको हुनेको सङ्ख्या २० हजार ५८८ छन् भने सङ्क्रमितको सङ्ख्या २५ हजार ७६ जना छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा ६८ मध्ये विराटनगरमा ५०, झापामा ५४, सुनसरीमा छ, इलाम र धनकुटामा तीन–तीन र पाँचथरमा एक जना छन् । 

यस अवधिमा ४७० जनाको पिसीआर परीक्षणसहित हालसम्ममा कूल एक लाख ८२ हजार ६०७ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिले पनि चार हजार ४८८ सक्रिय सङ्क्रमित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप