पाण्डेमाथिको सुनियोजित दुर्ब्यवहार भर्त्सनायोग्य : प्रवक्ता श्रेष्ठ
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्त नारायणकाजी श्रेष्ठले नेता सुरेन्द्र पाण्डे सहभागी चितवनको कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गरेका छन् । श्रेष्ठले शनिबार ट्वीट गर्दै पाण्डेमाथि सुनियोजित दुर्ब्यवहारको भएको भन्दै त्यो निन्दनीय एवं भर्त्सनायोग्य रहेको बताए ।
उनले लेखेका छन्, 'आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क. सुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ।'
आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं साँसद क•सुरेन्द्र पाण्डे माथि भएको सुनियोजित दुर्ब्यबहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ।यसप्रकारको ब्यबहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन।चेत होस्।
— NKShresthaPrakash (@nksthaprakash) November 21, 2020
यस प्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कसैको पनि हित नहुन श्रेष्ठको चेतावनी छ । नेकपा स्थायी कमिटी सदस्य पाण्डेले शनिबार गृहजिल्ला चितवनको राप्ती नगर पार्टीको बैठकमा बोलिरहँदा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली समर्थित कार्यर्काले नाराबाजी गरेका थिए ।
वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्य पाण्डेले पार्टी विवादको जड अध्यक्ष ओली भएको बताएपछि ओली समर्थित कार्यकर्ताले पार्टी एकताबिरोधी भन्दै पाण्डेमाथि अभद्र व्यवहार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा