मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

५ सय ६३ पटक ड्रोन हमलाको आदेश दिएका ओबामा लेख्छन्, ‘यसमा मज्जा थिएन’

शनिबार, ०६ मङ्सिर २०७७, १५ : १७
शनिबार, ०६ मङ्सिर २०७७

पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले ड्रोन आक्रमणको निर्देशन दिन आफूलाई कुनै रमाइलो नलागेको बताएका छन् । यद्यपी, आतंकवादलाई आफ्नो प्रशासनले नरम रुपमा हेर्नसक्ने अवस्था नरहेको उनले दाबी गरेका छन् । 
आफ्नो यात्रा संस्मरणमा ओबामाले यसबारे उल्लेख गरेका हुन् । ‘द प्रमिस्ड ल्यान्ड’ नामक यस पुस्तकमा ओबामाले आफ्नो राष्ट्रपति कार्यकालबारे लेखेका छन् । राष्ट्रपति चुनिने क्रममा उनले गरेको एक महत्त्वपूर्ण वाचा मध्यपूर्वका युद्धबाट अमेरिकालाई निकाल्ने थियो । यद्यपी, आफ्नो आठ वर्षे कार्यकालमा उनले कहिल्यै वाचा पूरा गरेनन् । 

पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुुसले सुरु गरेको ‘आतंकवादविरुद्धको हवाई हमला’लाई ओबामाले आफ्नो कार्यकालमा व्यापक विस्तार गरेका थिए । एक पर्यवेक्षक समूहका अनुसार ओबामा प्रशासनले बुुस प्रशासनको दाँजोमा झन्डै १० गुणा बढी हवाई हमला गरेको थियो । 

बुुस प्रशासनका दौरान अमेरिकाले ५७ पटक ड्रोन हमला गरेको थियो भने ओबामा कार्यकालमा यो संख्या ५ सय ६३ पुुग्यो । यसक्रममा पाकिस्तान, सोमालिया, यमनलगायत देशमा धेरैपटक अमेरिकाले हवाई हमला ग-यो । जसमा ३ सय ८४ देखि ८ सय ७ जनामा सर्वसाधारणले ज्यान गुमाएको द ब्युरो अफ इन्भेस्टिगेटिभ जर्नालिजममा प्रकाशित रिपोर्टमा उल्लेख छ । 

ओबामाका नीतिहरुकै कारण लिबिया, सिरिया र अन्यत्र भूूभागमा द्वन्द्व भड्कियो । ओबामाका अनुसार उनका चिफ अफ स्टाफ रहम इमानुुयल अमेरिकी प्रशासनको कुख्यात ‘आतंकवादी सुची’ प्रति प्रतिवद्ध थिए । ‘वासिङटनमा पर्याप्त समय बिताएका रहमलाई आफ्ना नयाँ लिबरल राष्ट्रपतिले आतंकवादलाई नरम रुपले हेर्नसक्ने परिस्थिती छैन भन्ने थाहा थियो,’ ओबामाले लेखेका छन् ।  यद्यपी, आफूले कमाण्डर इन चिफका रुपमा ड्रोन हमलाको निर्देशन दिदाँ कहिल्यै शक्तिशाली महसुस नगरेको ओबामाको दाबी छ । 

ओबामाले राष्ट्रपतिको समथ लिएको तेस्रो दिनमै (३ जनवरी २००९ ) ड्रोन हमलाका लागि स्विकृति दिएका थिए । पाकिस्तानको वाजिरिस्तानमा तीनघण्टाको फरकमा भएका दुुई हमलामा झन्डै २० सर्वसाधारणको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप