केन्द्रीय संस्करण

दिल्लीमा मात्रै एकैदिनमा ११८ जनाको मृत्यु

person explore access_timeमंसिर ६, २०७७ chat_bubble_outline0
file photo

भारतको केन्द्रीय राजधानी रहेको दिल्लीमा मात्रै कोरोनाभाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ । 

दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । 

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म सङ्क्रमित भएकाहरुको कुल संख्या पाँच लाख १७ लाख २३८ पुगेको छ । 

पछिल्लो २४ घण्टामा कुल सङ्क्रमितको संख्या भने छ हजार ६०८ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 

कुल सङ्क्रमित मध्ये अहिलेसम्म चार लाख ६८ हजार १४३ जना सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये पछिल्लो २४ घण्टामा आठ हजार ७७५ जना सङ्क्रमणमुक्त भएका हुन् । 

भारतको केन्द्रीय राजधानीमा अहिले पनि ४० हजार ९३६ जना सङ्क्रमित अवस्थामै रहेका छन् । 

दिल्ली स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ६२ हजार ४२५ जनाको कोरोना परिक्षण गरिएको पनि जानकारी दिएको छ । 

भारतको दिल्लीमा  केही समययता कोरोनाभाइरसको सङ्क्रमण न्युन देखिएपनि अहिले पछिल्लो समयमा फेरी बृद्धि भएको छ । 

तिव्र रुपमा फैलिएको कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि घर घरमा सर्वेक्षण तथा परिक्षण गर्ने क्रमलाई पनि तिव्रता दिएको अधिकारीहरुले बताएका छन् । 

त्यसैगरी सार्वजनिक स्थलमा रहेका बेला मास्क नलगाउनेहरुलाई दुइ हजार जरिवाना तिराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । 

यसअघि पाँच सय रुपैया मात्रै रहेको जरिवानालाई एकाएक बृद्धि गरेर दुई हजार बनाइएको हो । 

त्यस बाहेक अन्य पनि धेरै प्रयासहरु भइरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.