मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कराते खेलका निर्णायक प्रकाश चन्द सम्मानित

शनिबार, ०६ मङ्सिर २०७७, १४ : २१
शनिबार, ०६ मङ्सिर २०७७

कराते खेलका निर्णायक तथा प्रशिक्षक प्रकाशकुमार चन्दलाई नेपाल सितोरियो कराते संघ सतुंगल डोजोले सम्मान गरेको छ । चन्द लामो समयदेखि खेलाडी, प्रशिक्षक र निर्णायकका रुपमा कराते खेलमा सक्रिय छन् । 
उनले यस अवधिमा दुुई दर्जनभन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरु आयोजना गर्न भूमिका खेलेका छन् ।

त्यस्तै, महिला हिंसाविरुद्धको अभियानअन्तर्गत १५ हजारभन्दा धेरै महिलाहरुलाई आत्मरक्षाको तालिम पनि दिइसकेका छन् ।  १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा चन्द कराते खेलको निर्णायकको भूमिकामा थिए ।

 चन्दलाई उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट, राखेप उपाध्यक्ष शिव कोइराला र नेपाल सितोरियो कराते डो संघ सतुुंगल डोजोका प्रशिक्षक सागर शाहीले सम्मान हस्तान्तरण गरेका हुन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप