शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेयर बजारमा पुनर्बीमाले तोड्यो टेलिकमको एकल विरासत

बजार पुँजीकरण सातामै ८० अर्बले बढ्यो
शनिबार, ०६ मङ्सिर २०७७, १० : ०४
शनिबार, ०६ मङ्सिर २०७७

काठमाडौं । १ खर्ब भन्दा बढी बजार पुँजीकरण भएको एकमात्रै कम्पनीको रुपमा नेपाल टेलिकमले कायम राखेको विरासत नेपाल पुनर्बीमा कम्पनीले तोडेको छ । यो साता नेपाल पुनर्बीमा कम्पनीको बजार पुँजीकरण १ खर्ब भन्दा माथि पुगेसँगै टेलिकमको एकाधिकार अन्त्य भएको हो । 

अघिल्लो साताको बिहीबार बजार बन्द हुँदा नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ९ सय ८३ रुपैयाँ थियो । यो मूल्यका आधारमा १० अर्ब चुक्तापुँजी भएको सो कम्पनीको बजार पुँजीकरण ९८ अर्ब ३० करोड रुपैयाँमा सीमित थियो । तर यो साता पुनर्बीमा कम्पनीको सेयरमूल्यमा व्यापक उछाल देखियो । गत बिहीबार बजार बन्द हुँदा सो कम्पनीको सेयरको मूल्य १ हजार १ सय १० रुपैयाँ पुगेको छ । यो मूल्यका आधारमा कुल बजार पुँजीकरण १ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । 

पुनर्बीमा कम्पनीको पुँजीकरण नेपाल टेलिकमपछिकै दोस्रो हो । पछिल्लो बजार मूल्य अनुसार टेलिकमको बजार पुँजीकरण अहिले १ खर्ब ४४ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यी दुवै सरकारी स्वामित्व भएका कम्पनीहरु हुन् ।

सातामै ८० अर्बले बढ्यो बजारको सम्पत्ति
नेपालको पुँजीबजारको सम्पत्ति एक सातामै ८० अर्बले बढेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका कम्पनीहरुको मूल्यमा उछाल आउँदा समग्र बजार परिसूचकसँगै बजार पुँजीकरणमा समेत वृद्धि भएको हो । योसँगै नेपालको बजार पुँजीकरण २३ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । यो पुँजीकरण इतिहासकै सबैभन्दा धेरै हो । यसअघि नेप्से परिसूचक १ हजार ८ सय ८१ अंकमा पुग्दा पनि बजार पुँजीकरण २० खर्बभन्दा माथि जान सकेको थिएन ।

कुल ग्रार्हस्थ उत्पादनको आधारमा यो पुँजीकरण करिब ६३ प्रतिशत हुन पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप