बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सकियो छठ : काठमाडौंमा उदाउँदो सूर्यलाई यसरी दिइयो अर्घ्य, ३३ तस्बिरमा हेर्नुहोस्

शनिबार, ०६ मङ्सिर २०७७, ०९ : ००
शनिबार, ०६ मङ्सिर २०७७

आस्थाको महापर्व छठ पर्व शनिबार उदाउँदो सूर्यलाई अर्घ्य दिइएसँगै सम्पन्न भएको छ । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

मिथिलाञ्चलको महत्त्वपूर्ण पर्व काठमाडौंमा पनि मनाउन थालिएको छ । शनिबार बिहान राजधानीको गुहेश्वरीस्थित छठघाटमा ब्रतालुहरु उदाउँदो सूर्यलाई अर्घ्य दिन तथा पूजाआजाका लागि पुगेका थिए । 


व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरेका थिए । 

अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ । 

सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप