शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विराटनगर महानगरमा  नमिता न्यौपानेको चर्चा, को हुन् उनी ?

बुधबार, ०७ असार २०७४, १४ : ४९
बुधबार, ०७ असार २०७४

विराटनगर–‘पार्टीले उम्मेदबार घोषणा गरेपछि मैले चर्को प्रतिस्पर्धा गरेर चुनावचाँही जित्छु जस्तो लागेको थियो तर अहिले अरु उम्मेदवारको तुलनामा मलाई सबैले मलाई निर्बिकल्प रुचाउनु  भएको छ , बिजयी भएर महानगरलाई असल नेतृत्व दिन्छु ।’ 
माओबादी केन्द र संघीय समाजबादी फोरम गठबन्धनबाट बिराटनगर महानगरको उपमेयर पदकी उम्मेदवार बनेकी यूवा नमिता न्यौपानले आफनो चुनावी अबस्थाबारे यसरी बताउँछिन् । 
हालसम्म महानगरका मतदाताहरुसँगको भेटघाट र प्रचारपसारले आफनो जित सुनिश्चित भैसकेको उनको दाबी छ । मतदाताहरुलाई आफनो उम्मेदवारी किन र एजेण्डाहरु के के छन भनेर बुझाउन नमिता साँझ बिहान नभनि दुई महिनादेखी प्रत्यक्ष मतदाताहरुको घर घर र टोलटोलमा पुगिरहेकी छन । 
हालसम्म महानगरका तीन सय पचास वटा बस्ती र टोलमा पुगेर मतदताहरुसँग प्रत्यक्ष एजेण्डा बताउँदै उनीहरुको समस्याबारे अन्र्तक्रिया गरिसकेको रेकर्ड नमिताको डायरीमा उल्लेख भैसकेको छ । यसैगरि उनले महानगरका करिब पचास हजार घरपरिवार  मध्ये चालिसहजार घरपरिवारमा पुगिसकेका दाबी  गरेकी छन । 
राजनैतिक चेतना , शैक्षिक योग्यता र नगबासीहरुसँग सँगसँगै लामो समयदेखी संघर्ष गरेको अनुभवले गर्दा उनी बिराटनगर महानगरको दिगो बिकास र समाजिक न्यायकालागि दिगो नेतृत्वकालागि सबैको आवश्यकता नै   बनिसकेकी छन् । 

कहिल्यै नथाक्ने ।  जुझारु । शिक्षित । र इमान्दार महिला उम्मेदवारका रुपमा चिनिन सफल भएकी नमिता नगरबासीहरुलाई आश्वासन हैन सपना बाँडिरहेको बताउँछिन् । उनले भनिन ,–‘सपना त्यो हो जो पुरा गर्न सकिन्छ यसैले मैले पुरा गर्न नसकीने एजेण्डा सुनाएर मतदाताहरुलाई भममा पार्न चाहिन ।’,  बिराटनगरको समग्र बिकासकालागि सही एजेण्डा ल्याएको उनको दावी  छ । र उपमेयरमा बिजयी भैसकेपछि आफुले सक्दो रुपले आफना बाचाहरु पुरा गरेरै छाडने उनको अठोट छ । महानगरको बीस बर्षदेखी अधुरो रिंगरोड निर्माण सम्पन्न गराउने  , महानगरमा आफनै अस्पताल र बिश्बिद्यालय संचालन गर्ने , नगरबासीलाई स्वच्छ खानेपानी उपलव्ध गराउने , शहरी गरिबहरुको समस्या समाधान गर्ने , देखी नगरको भौतिक बिकासलाई शुन्य सहनशिलामा चाँडो समाधान गरेर बिराटनगरलाई सुन्दर सिटीका रुपमा चिनाउने धोको नमिताको छ । बिराटनगर औद्योगिक ऐतिहासिक शहर हो  । तर बिस्तारै यो पहिचान बिहिन हँदै गइरहेको छ । यसैले बिराटनगरलाई औद्योगिक शहरका रुपमा चिनाउन किमाथांका नाका संचालन गराउनकालागि भुमिका खेल्ने औद्योगिक स्थापनाकालागि आर्थिक क्षेत्र निर्माण गराउने लगायतका अनेकौ भौतिक निर्माण सम्बन्धि योजना नमिताका छन । यसबाहेक आफु बिजयी भएमा न्यायिक समितिको संयोजक पनि हुने भएकोले नगरबासीका घरजग्गा र समाजिक समस्यामा निर्भिक र निष्पक्ष ढंगले न्यायधिशको भुमिका खेल्ने प्रतिबद्धता उनको छ । यसैगरि महानगरका बालबालिका , महिलाहरुको शसक्त्तिकरण र उपभोक्त्ता अधिकारकालागि अरु भन्दा भिन्न सोचले लागिपर्ने नमिताको एजेण्डा छ  ।
मोरंगको केरावारी गाबिसमा जन्मेहुर्केकी  नमिता सानैदेखी नेतृत्व क्षमता भएकी महिला हुन । बिद्यालयस्तरदेखी नै उनले कक्षामा नेतृत्व दिने गर्दथिन  । यसबाहेक बिद्यालयका अतिरिक्त्त क्रियाकलापमा उनको बिशेष रुचि हुन्थयो । स्काउटमा पनि नमिता अव्वल थिइन । निम्न  बर्गीय परिवारमा जन्मेकी नमिताले सबै खाले दुखको सामना गरेकी छन । घरमा अनिकाल लागेर भोकै पनि सुतेकी छन । फिस तिर्न नसक्दा स्कुल पढने अवस्थाबाट बन्चित हुनुपर्ने अबस्था  पनि  भोगेकी छन । सानैदेखी सबैको कुरा सुन्ने र उचित समयमा आफनो राय राख्ने उनको स्वभाव छ । स्काउट शिक्षक नवल उपाध्याय भन्छन ,–‘ मैले नमितामा सानैदेखी असल नेतृत्व क्षमता पाएको थिएँ र अव महानगरले पनि उनको नेतृत्व पाउने भएछ यो गर्वको कुरा हो । ’
नमिता पहिले  एमाले निकट अनेरास्वबियुमा आवद्ध थिइन । केन्दिय सदस्य पनि भइन । तर उनि अनेरास्वबियु र माउ पार्टी एमालेमा आएको  बिचलनबाट उनी बिरक्त्त बनिन  । शान्ति र सभ्यतामा बिश्वास राख्ने उनि समयको पर्खाइमा थिइन । माआबोदी शान्ति प्रकृयामा आएपछि नमिता अखिल क्रान्तिकारीमा आवद्ध भइन  । केही समय बिद्यार्थीको नेतृत्व गरिन । सबैखाले मोर्चाका आन्दोलना सधै अगपंक्त्तिमा रहेर संघर्ष गर्ने बानी लिएकी नमिताले माओबादी केन्दको बिराटनगर महानगर समितिको अध्यक्षको  जिम्मेबारी  सम्हालिन । बिद्यार्थी , महिला र पार्टीको सगठनलाई असल नेतृत्व दिन सफल नमिता पार्टीभित्र पनि उत्तिकै लोकपिय छिन । राजनैतिक आस्था एउटामा भएपनि सबै पार्टीलाई समान व्यवहार गर्ने र सबै कार्यक्रमहरुमा उपस्थित हुँदा सबैसँग घुलमिल गर्ने बानीले नमिताले सबैको मन जितेकी छन । उनलाई चिन्ने बुझनेहरु नमितामा  घमण्डा र अहंकार भन्ने चीज  नभएकोले पनि उनि सबैकालागि आबश्यकता बनेकी हुन । 
बिराटनगर उपमहानगरहुँदा पार्टीको तर्फबाट राजनैतिक संयन्त्रमा भाग लिएकी नमिताले नगरबासीहरुकालागि छोटो सयममा उनले सही  संघर्ष गरिन् । नगरपालिकाको संयन्त्रमा हुँदा  नगरपालिकाले मनोमानी  ढंगले बढाएको करको बिरोध गर्नेहरुको नेतृत्व उनैले गरेकी थिइन । जसलाई नगरबासीले भरपुर सहयोग गरेका थिए । उपभोक्त्ता अधिकारकालागि पनि सचेत नमिता आफनो टोलमा पनि सक्रृय सहयोगी अगुवा महिलाका रुपमा चिनिन्छन । ‘सबैका समस्यालाई साझा बनाएर बुझने , प्रष्ट राख्ने र नेतृत्व दिने क्षमता नमिता दिदीमा छ यसैले अहिलेका उम्मेदबार मध्ये दिदी नै सबैको रोजाई हो’ ,–  बिराटनगर ४ की सीता पुरीले भनिन ।
नमिताले राजनितिसास्त्रमा स्नातोकोर सम्मको अध्यन गरेकी छन् । यसैगरि कानुनमा पनि उनले बिएबिएल गरेकी छन । स्थानिय तहमा  समाजिक न्यायको न्यायधिश उपमेयर नै हुने व्यवस्था भएकोले कानुन अनुसार समस्यालई बुझेर न्याय दिलाउन नमिता सक्षम उम्मेदरवार  देखिएकी छन । 
बिराटनगर महानगरमा नेपाली काँग्रेसको तर्फबाट ५५ बर्षिय ईन्दिरा कार्की उपमेयरको उम्मेदबार बनेकी छन । घरानियाँ परिवारको भएपनि उनि राजनैतिक नेतृत्वमा चिनिएकी महिला होइनन ।  नेपाली काँग्रेसको बिभाजनपछि प्रजातान्त्रिक काँग्रेसमाा टिकेर बसेकी थिइन । यसैले सभापति देउवाले  मेयरमा रामचन्द पौडेल सर्मथक भीम पराजुलीलाई टिकट दिन बाध्य भएपछि आफनो फेवरको उपमेयरमा ईन्दिरालाई लटिपरेको हो । हाल नेपाली काँग्रेसको महासमिति सदस्य रहेकी ईन्दिरा शिक्षामा स्नातक भएपनि उनि असलमा एक घरानियाँ गृहणी  हुन ।यसैले उनले भन्दा  राजनैतिक , र्आिर्थक , समाजिक र साँस्कृतिक समस्यालाई नजिकबाट बुझेकी  नमितानै नगरबासीको रोजाइमा परेकी छन । 
अर्का प्रतिस्पर्धी फोरम लोकतान्त्रिककोतर्फबाट उपमेयर उम्मेदबार बनेकी सुची चौधरी  हुन । ४७बर्षिय सुची पनि राजनैतिक नेतृत्व होइनन । फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदारका भतिजी बुहारी भएकै कारणले उनले टिकट पाएको चर्चा नगरबासीमा छ । लायन्स क्लवहरुमा सहभागीता जनाउने सुची मध्यमवर्गीय परिवारकी एक असल गृहणी हुन । एसएलसी  सम्म पढेकी सुचीले राजनैतिक संघर्षलाई नजिकबाट नबुझेको र कुनै संघर्षमा पनि अगाडी नदेखिएकोले  उनले नगरबसीलाई नेतृत्व दिन सक्छिन भन्ने बिश्वास नगरबासीमा छैन । नेपाली  काँग्रेसलाई सर्मथन गर्ने धनाढय परिवारमा जन्मेहुर्केकी सुची पछि काकाले नेपाली काँगेस त्यागेपछि उनी फोरम सर्थक भएकी हुन । राजनैकि योगदानमा   सुचीलाई जान्ने बुझनेहरु सर्मथक कार्यकर्ता मात्र भएकोले नेतृत्ब गर्ने क्षमतामा नगरबासीले बिश्वास गर्न नसकेको बताउँछन । यसैले बिराटनगर महानगरका महिलाहरुको मात्र नभएर बालबालिका , सिमान्कृत समुदायको शसक्त्तिकरण , समाजिक न्याय , शिक्षा , स्वास्थ्य ,खाद्य अधिकारको समस्यालाई बुझेकी उम्मेदबार नमिता मात्र हुन  ।

भर्खर ३७  बर्षमा टेकेकी नमिताले आफुले नेतृत्व पाएमा देशकै नमुना उपमेयर बनेर देखाइदिने प्रतिबद्धता जनाएकी छन । नगरको बिकासकालागि जुझारु सक्षम युवा नेतृत्व नै उपयुक्त्त हुने बिद्यार्थी  जिसस न्यौपाने बताउँछन । नमितालाई गठबन्धन पार्टी संघिय समाजबादीका मेयरका उम्मेदवार उमेश यादबले साथ सहयोग दिने छन ।  
बिराटनगर महानगरपालिकामा एक  लाख १३  हजार ७  सय ६१  मतदाता छन । जसमध्ये ७५ देखी८० हजार सम्म मत खस्न सक्नेछ । जसमा करिब २५ देखी ३० हजार मत  प्राप्त गर्ने मेयर वा उमेयरले जित सुनिश्चित गराउन सक्नेछन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप