शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गीतकार पाण्डेले कसे लगनगाँठो

शुक्रबार, ०५ मङ्सिर २०७७, २० : ३२
शुक्रबार, ०५ मङ्सिर २०७७

काठमाडौं । चर्चित गीतकार तथा रंगपत्रकार दयाराम पाण्डे बिवाह बन्धनमा बाधिएका छन् । स्याङ्जा निवासी सम्झना गैरेसँग उनले आज शुक्रबार लगानगाँठो कसेका हुन् । केही अगाडि देखिको चिनजान रहेकी गैरेसँग उनले पारिवारीक सहमतीमा मागी बिवाह गरेका हुन् ।

कोरोनाको कहरका कारणले उनको बिवाह समारोहमा दुबै तर्फको सिमित परिवारका सदस्यको मात्र उपस्थिती रहेको थियो । पाण्डेले थुप्रै नेपाली फिल्मका गीत लेखेका छन् । 

पाण्डेले केही फिल्ममा समेत अभिनय गरेका छन् । उनी रमाइलो टिभीका अध्यक्ष पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप