शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई निर्माताको निधन

शुक्रबार, ०५ मङ्सिर २०७७, २० : १५
शुक्रबार, ०५ मङ्सिर २०७७

काठमाडौं । चलचित्र निर्माता तथा कलाकार रम्भा ओलीको निधन भएको छ । ओलीको हृदयघातका कारण आज शुक्रबार साँझ नर्भिक अस्पतालमा निधन भएको रंगपत्रकार लक्ष्मण सुवेदीले जानकारी दिएका छन् । 

५० बर्षीय ओलीले बुबाआमा, सुर्यचन्द्र, वीरलगायत चलचित्र निर्माण गरेका छन् । आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ ।

त्यस्तै निर्माता उदय पुनको पनि आजै निधन भएको छ । उनको निधन भएको निर्माता, प्रदर्शन प्रदीप कुमार उदयले जानकारी दिए । पछिल्लो समय फिल्म क्षेत्र बाहिर रहेका पुनले ‘पैसाको धम्की’, ‘सारङ्गी’लगायत फिल्म निर्माण गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप