शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्केटहोल्डरले मात्र व्यावसायीक समस्या समाधान गर्न सक्छ : ढकाल

शुक्रबार, ०५ मङ्सिर २०७७, २० : ०८
शुक्रबार, ०५ मङ्सिर २०७७

काठमाडौं । निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई सहयोग गर्ने भएको छ । निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र सो टीमका वस्तुगततर्फका सदस्यका उम्मेदवारहरुलाई स्वागत तथा शुभकामना दिँदै सो टीमलाई खुला रुपमा सहयोग गर्ने उद्घोष गरेको हो । 

महासंघले आज काठमाडौंमा चन्द्र ढकाल टीमलाई स्वागत तथा जीतको अग्रीम शुभकामना दिँदै उक्त फिन अन्तर्गतका ११ ओटा वस्तुगत संघका अध्यक्षहरुले खुला रुपमा उक्त टीमलाई मतदान गर्ने उद्घोष गरेको हो । 

स्वागत तथा शुभकामना कार्यक्रममा निर्यात व्यवसायी एवम् फिनका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङ्गले महासंघमा वस्तुगत सदस्यहरुको हितका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको टीमलाई जिताउनु पर्ने बताए ।

‘व्यवसायीक हितका लागि पनि हामीले महासंघको आसन्न निर्वाचनमा व्यवसायीक टीमलाई जिताउनुपर्छ,’ उनले भने, ‘यसका लागि हामीले चन्द्र ढकालले नेतृत्व गरेको टीमलाई भारी बहुमतले जिताउनु पर्छ ।’ 

अहिलेको अवस्थामा सरकारले व्यवसायीको समाधानमा लागि वेवास्ता गरेको भन्दै सरकारसँग छलफल र सहकार्य गरेर आफ्ना समस्या समाधान गराउनका लागि पनि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले नेतृत्व गरेको उमेशलाल श्रेष्ठको टीमलाई जिताउनुको विकल्प नरहेको गुरुङको दावी थियो । 

साथै अबका दिन सरकारसँग दुई धारमा नभई सहकार्य गरेर व्यवसायीका समस्या समाधान गर्न समेत चन्द्र ढकाल समुहलाई आग्रह गरेका थिए । 

कार्यक्रममा फिन अन्तर्गत रहेका बस्तुगत संघका अध्यक्षहरुले स्वतः अध्यक्ष भैसकेका व्यक्तिले एउटा टिमको नाममा महासंघभित्र कार्टेलिङ गरेको भन्दै त्यसलाई तोड्न पनि ढकाल प्यानललाई भोट दिनुपर्ने बाध्यता रहेको बताएका छन् । 

फिनमा निर्यात क्षेत्रका कार्यरत ११ ओटा वस्तुगत संस्थाहरु रहेका छन् । जसमा नेपाल गलैचा निर्यात संघ, गार्मेण्ट एशोसिएशन, नेपाल पश्मिना उद्योग संघ, नेपाल हातेकागज संघ, नेपाल हब्र्स एण्ड हर्बल उत्पादक संघ, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल, अलैची उत्पादक संघ, अदुवा प्रषोधन तथा व्यापार संघ, नेपाल बोटल वाटर उद्योग संघ र सिल्क एशोसिएशन रहेका छन् । 

सो कार्यक्रममा सबै संघका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिती रहेको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले आफ्नो सुरुवाती व्यवसाय नै निर्यात क्षेत्रबाट सुरु गरेको जानकारी दिँदै आफू पनि फिन भित्रैकै एक सदस्यको रुपमा रहेकोले यस क्षेत्रको विकासका लागि काम गर्ने बताए ।

‘म चुनावको क्रममा यहाँ आएर भोट मात्रै माग्ने र पछि वास्ता नगर्ने भन्ने म र मेरो टीमबाट हुँदैन जुन कुराको यहीँ हलबाट प्रतिवद्धता जाहेर गर्दछु,’ ढकालले भने, ‘हाम्रो टीम जितेर गएपछि तपाईहरुले गर्व हुनेगरी काम गरेर देखाउनेछु ।’ 

साथै व्यवसायीक समस्या पहिचान गरी तत्काल समाधान गर्नका लागि स्केट होल्डर चाहिने भन्दै त्यसका लागि पनि आफ्नो टीमलाई जिताउन उनको आग्रह थियो । 

कार्यक्रममा फिनका उपाध्यक्ष एवं सिल्क एशोसिएशनका अध्यक्ष शंकर पाण्डेले महासंघ कमजोर हुँदा सम्पूर्ण निजी क्षेत्र कमजोर हुनेभन्दै निजी क्षेत्र एक भएर अघि बढ्नुपर्ने बताए ।

यस्तै वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आफ्नो टीमको विजयीसँगै महासंघले फिनसँग सहकार्य गर्दै निर्यात प्रवद्र्धनमा काम गर्ने बताए ।


यसैगरी महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले फिन अन्तरगतका सम्पूर्ण सदस्यहरुले चन्द्र ढकाल प्यानललाई बोलाएर समर्थन गर्नुनै यस टीमको जितको स्पष्ट आधार भएको बताए ।

कुनै समय देशमा बढी रोजगारी दिई वैदेशिक मुद्रा भित्र्याउँदै देशको आर्थिक वृद्धिमा योगदान दिने निर्यात क्षेत्र रहेको जानकारी दिँदै अबका दिनमा यस क्षेत्रको प्रवद्र्धनका लागि चन्द्र ढकाल टीमले काम गर्ने बताए ।

व्यवसायीलाई समस्या पर्दा सहज रुपमा उपलब्ध हुने व्यक्तिलाई महासंघको नेतृत्वमा पुर्याउनुपर्ने बताउँदै त्यसका लागि चन्द्र ढकाल र उमेशलाल श्रेष्ठको टीम उपयुक्त भएको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप