मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा ४४७ सङ्क्रमित निको

शुक्रबार, ०५ मङ्सिर २०७७, १९ : ३०
शुक्रबार, ०५ मङ्सिर २०७७

प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा ४४७  कोरोना सङ्क्रमित निको भएका छन्  । विभिन्न जिल्लाका होम आइशोलेसनमा बसेका सङ्क्रमित निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

हालसम्म निको हुनेको सङ्ख्या २० हजार २२६ पुगेको छ । प्रदेशमा सोही अवधिमा ७७४ जनाको पिसिआर परीक्षण गरिएकामा ७६ महिलासहित २०७  कोरोना सङ्क्रमित थपिएका छन् ।
     
मोरङमा ७१ मध्ये विराटनगरमा ५०, सुनसरीमा ५७, सङ्खुवासभामा ३४, झापामा २८, तेह्रथुम र उदयपुरमा तीन÷तीन इलाम र धनकुटामा दुई÷दुई र प्रदेश बाहिरका सात जना रहेको मन्त्रालयले जनाएको छ ।  

प्रदेशमा सङ्क्रमितको सङ्ख्या २४ हजार ९४१ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ८२ हजार १३७ जनाको पिसिआर परीक्षण गर्ने कार्य सम्पन्न गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप