जनकपुरधाममा छठ पर्वको रौनक (फोटो फिचर)

जनकपुर । जकपुरधाममा छठ पर्वको मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको छ । जनकपुरधामका विभिन्न सरोवर तथा तलाउमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिई ब्रतालुहरुले छठ पर्व मनाएका हुन् ।पर्व मनाउन जनकपुरधामका ताल नदीहरुमा बिहानैदेखि अर्घ लिएर श्रद्धालु भक्तजनहरु पुगेका थिए । शुक्रबार अस्ताउँदै गरेको सूर्यलाइ अर्घ दिइएको छ ।
कोरोना महामारीबीच अहिले जनकपुरधामको गंगासागर, धनुषसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, नोचा पोखरी, गोसाईकुण्ड, अग्निकुण्ड, रुकमिणी सागर तलाउ, भुतही पोखरी, बिजारसर तलाउ लगायतका पोखरीहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरु पुगेर धुमधामका साथ छठ मनाउदैँ छन् ।
जनकपुरधामको तलाउ तथा पोखरीमा छठ हेर्न अन्यत्रबाट समेत पर्यटकहरु आउने गरेपनि यस वर्ष भने कोरोना महामारीका कारण बाहिरी पर्यटकहरु जनकपुरधाम आउन सकेनन् । शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विधिवत रुपमा समापन हुनेछ ।
अंगराजसर सागरमा स्थानीयवासी यूवाहरुले स्वास्थ्यलाई ख्याल गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि निःशुल्क रुपमा मास्क वितरण गरेका छन् भने अन्य वर्षको तुलनामा विभिन्न घाटमा घुम्ने श्रद्धालु भक्तजनहरुको घुईचो नै लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
-
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
-
पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध
-
मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास