शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

साम्भा ‘आँधी तुफान- २’ मा अनुबन्धित

शुक्रबार, ०५ मङ्सिर २०७७, १८ : ११
शुक्रबार, ०५ मङ्सिर २०७७

काठमाडौं । लेखक मौनता श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘आँधी तुफान–२’ को मुख्य खलनायकको रुपमा साम्भा कोइराला अनुबन्धित भएका छन् । साउथ सुपरस्टार प्रभासको बलिउड फिल्म ‘साहो’ मा सह-खलनायकको रुपमा अभिनय गरिसकेका साम्भालाई निर्माण युनिटले शुक्रबार अनुबन्धित गरेको हो ।

‘आँधी तुफान–२’ मा मुख्य खलनायकको रुपमा साम्भा अनुबन्धित भएको निर्माता श्रेष्ठले जानकारी दिए । मदन घिमिरेको निर्देशन रहने फिल्म २०६१ सालमा बनेको हिट फिल्म ‘आँधी तुफान’ को सिक्वेलको रुपमा बन्न लागेको हो । एक्सनले भरिएको ‘आँधी तुफान’ मा तीन अभिनेत्री पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेलगायतको मुख्य भूमिका रहेको थियो ।

अहिलेको सिक्वेलमा पछिल्लो समय चलेका कलाकारको अभिनय रहनेछ । फिल्मका लागि निर्माण युनिटले कलाकार छनौट गरेपनि मुहूर्तमा मात्र सार्वजनिक गर्ने बताएको छ । ‘आँधी तुफान–२’ को लेखन निर्माता श्रेष्ठ आफैंले गरेका हुन् । सत्य घटनामा आधारित रहेर निर्माण हुन लागेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

कोरोनाको कहर केही साम्य हुने बितिकै छायाँकनमा जाने गरेर अहिले फिल्मको प्रि प्रोडक्सन काम भइरहेको छ । केही दिनमै फिल्मका कलाकार समेत सार्वजनिक गरेर मुर्हूत गर्ने योजना निर्माण युनिटको रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप