शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२४ घण्टामा १९४५ संक्रमित थपिए, ५ हजार बढी निको भए

शुक्रबार, ०५ मङ्सिर २०७७, १६ : २४
शुक्रबार, ०५ मङ्सिर २०७७

पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ३४० जनाको पीसीआर परीक्षण गर्दा ७४० जना महिला र १२ सय ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म २ लाख १६ हजार ९६५ जनामा संक्रमण पुष्टि भइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । यो कूल संक्रमितको ११.४ प्रतिशत हो ।

पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ३६४ जना निको भएका छन् । नेपालमा निको हुने दर ८८ प्रतिशत रहेको छ । हालसम्म १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको कूल संख्या १२ सय ९८ पुगेको छ ।

हाल देशका १२ जिल्लामा ५ सयभन्दा बढी संक्रमितहरु उपचाररत छन् भने मनाङ जिल्लामा संक्रमणमुक्त रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार १९ हजार १४ जना होमआइसोलेसनमा रहेका छन् भने ४०३ आईसीयू र ६३ जना भेन्टिलेटरमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप