जब ‘अभ्यासका लागि’ अस्ट्रेलियाली सैनिकले लिए ३९ जनाको ज्यान

एजेन्सी । अस्ट्रेलियाका सेना प्रमुख जनरल एंगस क्याम्पबेलको नयाँ खुलासाले संसारलाई अचम्ममा पारेको छ । एंगसले अफगानिस्तानमा तैनाथ अस्ट्रेलियाली सेनाले ३९ निर्दोष नागरिकको हत्या गरेको खुलासा गरेका छन् । जनरल एंगल्सका अनुसार यसरी निर्दोषको ज्यान लिनेमध्येका अधिकांश सेना पहिलोपटक लडाँइको मैदानमा सहभागी भएका थिए, उनीहरुले अभ्यासका लागि भन्दै निर्दोष मानिसहरुलाई गोली हाने । अफगानिस्तानमा तैनाथ विदेशी सैनिकहरुमाथि यसअघि पनि यस्ता आरोप लाग्ने गरेको थियो ।
अस्ट्रेलियाली सञ्चारमाध्यम एनबिसीमा प्रकाशित एंगसको रिपोर्टमा भनिएको छ, ‘यो लाजमर्दो छ । कुल ३९ मानिसहरु मारिएको पुष्टि भइसकेको छ ।’ आफ्ना सैनिकहरुले भरोसा तोडेको भन्दै उनले माफी मागेका छन् । उनले सेनाको यस हर्कतलाई अमानवीय भनेका छन् ।
एंगसले भनेका छन्, ‘हाम्रा सैनिकहरुले हत्यापछि मारिएका मानिससँगै हतियार पनि राखिदिएका थिए । त्यसपछि रेडियो सेटमार्फत इन्काउन्टरमा दौरान दुश्मनलाई मारेको भन्दै सन्देश पठाए ।’ एंगसका अनुसार हत्याको यो सिलसिला २००९ मै सुरु भएको थियो, तर धेरैजसो हत्या २०१२ र २०१३ मा भएको छ ।
हत्या आरोपमा कारवाही हुने
सैनिकमाथिका आरोपहरुबारे अस्ट्रेलियाको रक्षा मन्त्रालयले चार वर्षसम्म जाँच गरेको थियो । छानविनका लागि तीन जनाको टोली थियो, जसमा एक न्यायाधीश पनि थिए । यस दौरानमा ४ सय साक्षीको बयान दर्ता गरियो र १९ सैनिकहरुलाई आरोपित बनाइयो । आरोपित सबैको मेडल र ब्याज छिनिएको छ, सबैमाथि हत्या–अभियोगमा मुद्दा चल्दैछ ।
सेना प्रमुख एंगसले यस घटनाबारे माफी मागेका छन्, ‘हाम्रा सैनिकले मानवताको हत्या गरेको महसुस मलाई भएको छ । हामी अफगानिस्तानका मानिसहरुसँग हृदयदेखि माफी माग्छौं । मैले अफगानिस्तानका सुरक्षा अधिकारीहरुसँग कुराकानी गरेको छु र माफी पनि मागेको छु । हाम्रा सैनिकले भरोसा तोडे ।’ अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले घटनाको छानविनका लागि अर्को एक विशेष कमिटी पनि बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोलेनाथको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, कसको मूल्य कति ?
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि