यी हुन् मन्त्रिपरिषदका निर्णय: १८ अर्ब रुपैयाँ विदेशी ऋण स्वीकृतदेखि कोरोना प्रभावित व्यवसायीलाई सहुलियत ऋण दिनेसम्म
काठमाडौं । सरकारले विश्व विकास बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्रस्तावित १५ करोड अमेरिकी डलर अर्थात नेपाली करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ । गत मंसिर ३ गते बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो । नेपालको शहरी शासन तथा पूर्वाधार विकासका लागि सो ऋण लिन लागिएको सरकारका प्रवक्ता समेत सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
सो बैठकले व्यवसायिक निरन्तरता कर्जा कार्यविधि २०७७ पनि स्वीकृत गरेको छ । कोभिड १९ बाट प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई सहयताका लागि कर्जा दिनका लागि सो कार्यविधि स्वीकृत गरेको मन्त्री गुरुङले जानकारी दिए । अतिप्रभावित क्षेत्र, प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्र गरी ३ भागमा विभाजन गरी सो आधारमा कोभिड १९ बाट प्रभावित व्यवसायलाई सहायता दिन कार्यविधि स्वीकृत गरेर लागू गरिएको उनले बताए ।
यस्तै सहलगानी सम्बन्धी कार्यविधि २०७७ स्वीकृत गर्ने निर्णय भएको छ । यसबाट संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीबाट कुनै योजना सम्पन्न गर्न बाटो खुलेको मन्त्री गुरुङले बताए । बैठकले सुर्खेत विमानस्थल र विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न नागरिक उडड्यन प्राधिकरणलाई अनुमति दिने निर्णय भएको छ । यस्तै आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को १ मा रहेको अत्यावश्यक सेवा सञ्चालनमा हडताल गर्न नपाइने व्यवस्थाको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र
-
मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय
-
सभामुखबाट दलको सर्वोच्चता अस्वीकार भयो : प्रवक्ता यादव
-
ग्रेनाइट उत्खननको लाइसेन्स दिन्छु भनेर ठगेको आरोपमा एकजना पक्राउ
-
उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने हिमालय एयरलाइन्सको निर्णय