शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रस्ताव फिर्ता लिन प्रचण्डलाई विष्णु पौडेलको आग्रह

शुक्रबार, ०५ मङ्सिर २०७७, १५ : ५७
शुक्रबार, ०५ मङ्सिर २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सचिवालय बैठकमा राखिएको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा महासचिव पौडेलले सो आग्रह गरेका हुन् । महासचिव पौडेलले प्रस्ताव फिर्ता लिन आग्रह गरेपछि अध्यक्ष प्रचण्डले उक्त विषयमा छलफल गर्दै जाउँला भन्ने जवाफ फर्काउनुभएको श्रोतले बताएको छ ।

प्रचण्डले नेता सुवास नेम्वाङसँग पनि छुट्टै छलफल गरेका छन् । तीनै जना नेताबीच प्रचण्डले सचिवालय बैठकमा राखेको प्रस्तावका बारेमा छलफल भएको जनाइएको छ । प्रचण्डले केही दिनअघि बसेको पार्टी सचिवालय बैठकमा १९ पेजको प्रस्ताव राखेका थिए ।

पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा छलफल गर्न अध्यक्ष प्रचण्डले महासचिव पौडेल र नेता नेम्वाङलाई पार्टी कार्यालय धुम्बाराहीमा बोलाएका थिए ।  गत बुधबार बसेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले यसअघि सचिवालयमा प्रचण्डले पेश गरेको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका थिए । साथै उनले छुट्टै प्रस्ताव ल्याउने बताएपछि आगामी मंसिर १३ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप