बुटवलमा चितुवाको छालासहित ४ जना पक्राउ
शुक्रबार, ०५ मङ्सिर २०७७, १५ : २५
बुटवल । बुटवल प्रहरीले चितुवाको छालासहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार बुटवल ९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट ४ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा बुटवल ७ का ३० वर्षीय विष्णुप्रसाद भट्टराई, गुल्मीको दरबार गाउँपालिका–४ का २२ वर्षीय विमल मगर, २४ वर्षीय सञ्जिव पेमी र १८ वर्षीय विशाल रानामगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।
उनीहरुको साथबाट प्रहरीले ६ फिट लम्बाई र १ फिट ३ ईन्च चौडाईको एकथान चितुवाको छाला समेत बरामद गरेको छ । प्रकाउ परेका व्यतिm र छाला जिल्ला वन कार्यालय रुपन्देही बुझाइएको छ । उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’