शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेञ्चुरी बैंकले सुरु गर्यो अनलाइन खाता सेवा, शून्य मौज्दातमा ‘सहज खाता’ र ‘क्लीक एकाउन्ट’ खोल्दा ५.५०% ब्याज पाइने

शुक्रबार, ०५ मङ्सिर २०७७, १५ : ०८
शुक्रबार, ०५ मङ्सिर २०७७

काठमाडौं । कोभिड–१९का कारण बैंकका सेवाग्राहिहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधानको निम्ति सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङ्गलाई सहज बनाएको छ । जसमा बैंकले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ ।  

ग्राहकहरुले घरमै बसेर शून्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५०% को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने छ । 

बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु डिजिटल्ली खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुदाँ डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिदैं उक्त बचत खाताहरुमा प्रबर्धनको निम्ति बढि ब्याजदर दिइएको हो ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी ‘सेन्चरी पे’मार्फत वालेटको कारोबार समेत गर्न सकिनेछ । यस नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन रु. ५,००० बराबर क्यासलेस कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक रु. १,००,००० सम्म कारोवार गर्न सकिनेछ ।        

सेञ्चुरी क्लीक एकाउन्टमा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक रु. १५,००,००० सम्म कारोवार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको हो । 

उक्त खाताहरु खोल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र संचालन गर्न सकिनेछ । 

बैंकको अनलाइन एकाउन्ट सेवा https://onlineaccount.centurybank.com.np बाट लिन सकिन्छ । थप जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न सकिन्छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप