नेपाल एयरलाइन्सका यात्रुको कोरोना रिपोर्टमा समस्या देखिएपछि छानविन समिति गठन

काठमाडौं । नेपाल एयरलाइन्समार्फत उडान भरेका केही यात्रुको पिसिआर रिपोर्टमा समस्या देखिएर ३ पटकसम्म उडान रोकिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ । स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले डा. मुकुन्द शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा डा.अमृत पोखरेल र बलराम गौतम सदस्य रहेका छन् । निजी प्रयोगशालाबाट कोरोना परीक्षण गरेर उडाउन भरेका व्यक्तिको पुनः कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकाले छानबिन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यता, नेपाल एयरलाइन्सले हङकङ उडान भर्नका लागि सरकारी प्रयोशालाको पीसीआर रिपोर्टलाई मात्रै मान्यता दिने भएको छ । एयरलाइन्सले अनिवार्य रुपमा सरकारी प्रयोगशालामा परीक्षण गरेको ७२ घण्टा भित्रको नेगेटिभ रिपोर्ट पेस गरेर मात्रै यात्रु उड्न पाउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने
-
बान्तुका एकसाथ पाँच गीतका भिडियो सार्वजनिक
-
पानीजहाज बोर्ड बनाउन सांसदको माग
-
जेनेभामा परराष्ट्रमन्त्रीको सम्बोधनः नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध छ
-
‘खाद्यान्नमा परनिर्भरता घटाउन बाँदर र बँदेललाई नियन्त्रण गरिनुपर्छ’
-
महाशिलाको तरकारी पोखरामा, चार महिनामै ८५ लाखको कारोबार