शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सका यात्रुको कोरोना रिपोर्टमा समस्या देखिएपछि छानविन समिति गठन

शुक्रबार, ०५ मङ्सिर २०७७, १५ : ०१
शुक्रबार, ०५ मङ्सिर २०७७

काठमाडौं । नेपाल एयरलाइन्समार्फत उडान भरेका केही यात्रुको पिसिआर रिपोर्टमा समस्या देखिएर ३ पटकसम्म उडान रोकिएपछि स्वास्थ्य मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।  स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले डा. मुकुन्द शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । 

समितिमा डा.अमृत पोखरेल र बलराम गौतम सदस्य रहेका छन् । निजी प्रयोगशालाबाट कोरोना परीक्षण गरेर उडाउन भरेका व्यक्तिको पुनः कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकाले छानबिन गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यता, नेपाल एयरलाइन्सले हङकङ उडान भर्नका लागि सरकारी प्रयोशालाको पीसीआर रिपोर्टलाई मात्रै मान्यता दिने भएको छ । एयरलाइन्सले अनिवार्य रुपमा सरकारी प्रयोगशालामा परीक्षण गरेको ७२ घण्टा भित्रको नेगेटिभ रिपोर्ट पेस गरेर मात्रै यात्रु उड्न पाउने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप