शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिल शर्मा दोस्रो पटक बुवा बन्दै

शुक्रबार, ०५ मङ्सिर २०७७, १३ : ५८
शुक्रबार, ०५ मङ्सिर २०७७

भारतका चर्चित हास्यकलाकार कपिल शर्माको परिवारमा दोस्रो सन्तानको जन्म हुँदैछ । भारतीय सञ्चार माध्यम आजतकका अनुसार कपिलकी श्रीमती दोस्रो पटक गर्भवती छिन् र २०२१ जनवरीमा उनको ड्यू डेट छ । जानकारीका अनुसार कपिलकी आमा मुम्बई पुगिसकेकी छिन् र चाँडै नै उनको बाँकी परिवार पनि मुम्बई आउने तयारीमा छन् । 

करवाचौथको दिन कपिलकी साथी भारती सिंह इन्स्टाग्राममा लाइभ आएकी थिइन् । लाइभ स्ट्रिमको अन्त्यमा केही बेरका लागि गिन्नी पनि देखिएकी थिइन् । त्यतिबेला उनको बेबी बम्प स्पष्ट रुपमा देखिएको थियो । 

कपिल र गिन्नीको अनायरा नामकी छोरी पनि छिन् । अनायरा डिसेम्बरमा एक वर्ष हुँदैछिन् । 

अनायराको जन्म डिसेम्बर १० मा भएको थियो । १२ डिसेम्बरमा कपिल शर्मा र गिन्नी चतरथले आफ्नो विवाहको दोस्रो वर्षगाँठ मनाउँदै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप