शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुशान्तपछि नायक अक्षतको मृत्युमा उठिरहेछ प्रश्न, परिवारले दर्ता गरायो एफआईआर

शुक्रबार, ०५ मङ्सिर २०७७, १३ : ३२
शुक्रबार, ०५ मङ्सिर २०७७

नायक सुशान्त सिंह राजपतूको मृत्यु भएको पाँच महिनाभन्दा बढि बितिसकेको छ । तर अहिलेपनि सोसल मिडियामा उनले साँच्चै नै आत्महत्या गरेका थिए वा उनको हत्या भएको थियो भन्ने बहस अन्त्य भएको छैन । हुन त अस्पतालले विभिन्न रिपोर्टलाई उद्धृत गर्दै यसलाई आत्महत्या बताइसकेको छ तर नायकका प्रशंसक यसमाथि विश्वास गरिरहेका छैनन् । सुशान्त झैं अर्का एक नायकको मृत्युमाथि पनि प्रश्न निम्तिएको छ । 

अक्षत उत्कर्षको मृत्युमा नाटकीय मोडः
मुजफ्फपुरको सिकन्दरपुर नाला गली निवासी नायक अक्षत उत्कर्ष (२६) की मुम्बईमा २७ सेप्टेम्बरमा मृत्यु भएको थियो । अंधेरीस्थित गोकुल सोसायटीमा भाडाको फ्ल्याटमा शव भेटिएको थियो । मुम्बईको अम्बोली थानाको प्रहरीले कूपर अस्पताल पठाएको थियो । परिवारलाई पोस्टमार्टम गराएर शव सुम्पिएको छ । यस्तै मुजफ्फरपुरमा पिता विजयन्त कुमारले यो घटनालाई आत्महत्या मान्न अस्विकार गरेको थियो । अक्षतको हत्या गरिएको हो कि भनेर आशंका गरिएको छ । परिवारले नगर थानामा आवेदन दिएर अक्षतको फ्ल्याटमेट एक युवती, उनकी बहिनी र अन्यलाई आरोपित बनाएर मुजफ्फरपुरको नगर थानामा एफआइआर दर्ता गराइएको थियो । 

अक्षतको मृत्युमाथि प्रश्न उठेपछि मुम्बई प्रहरीले पनि एक्सन लिएको छ । अमोली थानामा यो केसको विषयमा एफआइआर दर्ता गरिएको छ । एफआईआरमा अक्षतकी फ्ल्याटमेट स्नेहा चौहान, उनकी दिदी र अन्यलाई आरोपित बनाइएको छ । सुशान्त केस झैं यो मामिलामा पनि नाटकीय मोड त्यतिबेला आयो जब अक्षतका पिता विजयन्त कुमारले मुजफ्फरपुरमा जिरो एफआईआर दर्ता गराइएको थियो । त्यसपछि नै यो मामिलामा हत्याको एंगल जोडियो र त्यसै आधारमा अनुसन्धान अघि बढाइएको छ । 

घटनाको दिन के भयो ?
अनुसन्धानमा तीब्रता आएको देखिएपछि अक्षतका पिताको पनि आशा बढेको छ । उनी भन्छन्, ‘छोराको हत्या मामिलामा न्याय पाइरहेको देख्दै छु । एफआईआर दर्ता गर्ने प्रक्रियाबाट थप आशा बढेको छ । ’

यस्तै उनले आत्महत्या गरेको दिनलाई याद गर्दै उनले जोड दिँदै भने, ‘मेरो छोराले आत्महत्या गर्न सक्दैन । राती पौने ९ बजे घटना भएको दिन हाम्रो अक्षतसँग कुरा भएको थियो । उनले एक घण्टापछि कुराकानी  गर्ने बताएका थिए । त्यसपछि उनको फोन लागेन । त्यसको एक घण्टापछि अक्षतको फ्ल्याट पार्टनर स्नेहा चौहानले फोन गरेर उत्कर्षले आत्महत्या गरेको बताइन् । जबकी मेरो छोराले आत्महत्या गर्नै सक्दैन ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप