नेपाल प्रहरीका एसएसपीको सरुवा, काठमाडौँमा अशोक सिंह (सूचीसहित)
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस क्रममा ललितपुर र काठमाडौँका प्रहरी प्रमुखहरु फेरिएका छन् । सरुवा अनुसार महानगरीय प्रहरी परिसर काठमाडौँमा एसएसपी अशोक सिंह आएका छन् । सिंह प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।
त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ । बर्जाचार्य महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिइन् ।
त्यस्तै महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराईको सरुवा भएको छ । भट्टराई प्रहरी प्रधान कार्यालयमा तालिम महाशाखामा कार्यरत थिए ।
त्यस्तै एसएसपी मुकेश कुमार सिंहको सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायल, डोटी सरुवा भएको छ । यसअघि सिंह प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिममा कार्यरत थिए ।
प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायहरुमा बोधार्थ पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
-
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा