महासङ्घमा ६४ पदका लागि १२७ जना भिड्दै, कसको प्रतिस्पर्धी को ? (उम्मेदवारको नामावलीसहित)
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ साधारणसभा मार्फत चयन हुने नयाँ कार्यसमितिका लागि १२७ जनाले उम्मेदवारी दिएका छन् । महासङ्घको आसन्न चुनावमार्फत् चयन हुने छुट्टाछुट्टै कुल ६४ पदका लागि एक सय २७ जना व्यवसायीहरुले आकांक्षा देखाएका हुन् ।
महासङ्घको निर्वाचन समितिले शुक्रबार जारी गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार ५४ औँ साधारणसभाबाट निर्वाचित हुने बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुसहित कार्यकारिणी समिति सदस्यहरुको कुल ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको जनाएको छ ।
जसमध्ये महासङ्घको वरिष्ठ उपाध्यमा दुई उम्मेदवारी चन्द्रप्रसाद ढकाल र किशोर कुमार प्रधानको उम्मेदवारी परेको छ ।
त्यस्तै, महासङ्घको उद्योग वाणिज्य समूह तर्फको उपाध्यमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठको उम्मेदवारी परेको छ । त्यस्तै, वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ, एशोसिएटतर्फ रामचन्द्र सङ्घाई र सौरभ ज्योतिको उम्मेदवारी परेको छ ।
यता, जिल्ला नगरतर्फको कुल १८ पदका लागि ३८ जनाको उम्मेदवारी परेको छ । मुलुक सङ्घीय राज्य संरचनामा गएसँगै महासङ्घको नेतृत्वमा पनि सातवटै प्रदेशबाट एक–एक जना सदस्यले भाग लिन पाउने गरी व्यवस्था गरिएकोमा ७ वटै प्रदेशबाट आ–आफ्नो दाबी प्रस्तुत गर्दै नयाँ कार्यकारिणी समितिका लागि प्रदेशबाट मात्र १५ जनाको उम्मेदवारी परेको छ । जसमध्य प्रदेश १ बाट एक मात्र उम्मेदवारी परेका राजेन्द्र राउत निर्विरोध चयन भइसकेका छन् । यस्तै अर्का द्विराष्ट्रिय उवासङ्घको तर्फबाट एक मात्र उम्मेदवारी परेका नेपाल–इन्डोनेशिया चेम्बर अफ कमर्स एण्ड ईका प्रतिनिधि संदीप अग्रवाल समेत निर्विरोध चयन भइसकेका छन् ।
त्यस्तै, महासङ्घको वस्तुगत सङ्घतर्फको अन्य १४ सदस्य पदका लागि २९ जना, एशोसिएट तर्फको १९ पदका लागि ३३ जना र संस्थापक सदस्यबाट ३ जनाको उम्मेदवारी परेको छ ।
कसको को प्रतिस्पर्धी ? (सूचीसहित)
अध्यक्ष भने महासङ्घकै विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा नै ५४औँ साधारणसभा पश्चात स्वतः महासङ्घको अध्यक्ष हुनेछन् । निर्वाचन तालिका अनुसार महासङ्घको निर्वाचन यहि आउँदो मंसिर १३ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण