मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हुलाक कार्यालयमा ४२ केजी चिठ्ठीपत्र थन्कियो

शुक्रबार, ०५ मङ्सिर २०७७, १२ : ४६
शुक्रबार, ०५ मङ्सिर २०७७

जिल्ला हुलाक कार्यालयमा महिनौँदेखिका चिठ्ठीपत्र थन्किएका छन् । कार्यालय प्रमुख सीता दुवाडीले नेपाल वायुसेवा निगमले  फाप्लु विमानस्थलमा  उडान नभर्दा ४२ केजी चिठ्ठीपत्र कार्यालयमा नै थन्किएको  जानकारी दिए । 

हप्ताको दुई दिन आइतबार र मङ्गलबार काठमाडौँ–फाप्लु उडान भर्दै आएको निगमले गत असोज १३ गतेदेखि उडान भर्न सकेको छैन । गत चैत ११ गतेपछि निगमले सो दिन पहिलो पटक उडान भरेको थियो ।  

निजी हवाई कम्पनीका विमानले भने धमाधम उडान भरिरहेका छन् । समिट एयर फाप्लुका प्रमुख मिङ्मार शेर्पाका अनुसार उडान शुरु भएदेखिनै फाप्लु–काठमाडौँ यात्रुको चाप पनि उच्च रहेको छ । 

अहिले काठमाडौँ–फाप्लुका लागि सो एयरले आइतबार र बिहीबार तथा तारा एयरले सोमबार र बुधबार नियमित उडान भरिरहेका छन् ।   निगमका महाप्रबन्धक प्रकाश पौडेलले कर्मचारी अभावले निगमले उडान भर्न नसकेको जानकारी दिए ।  

कर्मचारीको अभावले निगमका दुई जहाजले पूर्वका ताप्लेजुङ, भोजपुर, खानीडाँडा र थामखर्क विमानस्थल खोटाङबाहेक उडान भर्न नसकेको जनाइएको छ ।  प्रविधिको विकाससँगै हुलाकमार्फत पछिल्लो समय निजीभन्दा पनि सरकारी पत्र बढी आदान प्रदान हुने गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप