शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशमा होम आइसोलेशनमा बस्ने संक्रमित बढे

शुक्रबार, ०५ मङ्सिर २०७७, १२ : १७
शुक्रबार, ०५ मङ्सिर २०७७

बागमती प्रदेशमा होम आइसोलेशनमा बस्ने कोरोनाभाइरस कोभिड—१९ संक्रमित सबैभन्दा बढि रहेको पाइएको छ । बागमती प्रदेशमा १६ हजार ८ सय ९८ जना होम आइसोलेशनमा बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रदेश १ को होम आइसोलेशनमा २ हजार ९ सय ५४ जना बसेका छन् भने  प्रदेश २ मा होम आइसोलेशनमा बस्नेको संख्या ६ सय ५९, जना रहेको छ । यस्तै गण्डकी प्रदेशमा १ हजार ८ सय ९३ जना रहेका छन् । लुम्बिनी प्रदेशमा १ हजार ८ सय २६ होम आइसोलेशनमा बसका छन् भने कर्णाली प्रदेशमा १ सय ९४ जना होम आइसोलेशनमा रहेका छन् । 

र सुदूरपश्चिम प्रदेशमा ९ सय २३ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  देशभर २५ हजारभन्दा बढी कोरोना संक्रमित होम आइसोलेशनमा रहेका छन् ।  हालसम्म २८ हजार १ सय ६ जना संक्रिय संक्रमित मध्ये २५ हजार ३ सय ४७ जना होम आइसोलेशनमा बसको स्वास्थ्य तथा   मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप