शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

डब्ल्यूएचओले भन्यो, ‘रेम्डेसिभिरको प्रयोग बन्द गर्नुहोस्, यसको प्रभावकारिताको कुनै प्रमाण छैन’

शुक्रबार, ०५ मङ्सिर २०७७, १२ : ०३
शुक्रबार, ०५ मङ्सिर २०७७

संसारभरी हालसम्म ५.७२ करोडभन्दा बढी मानिसहरु कोरोनाद्वारा संक्रमित छन् । यसमा ३.९६ करोड मानिस ठिक भइसकेका छन् जबकि १३.६४ लाख मानिसहरुको ज्यान गइसकेको छ । हालसम्म   १.६१ करोड सक्रिय संक्रमित  छन्  । यो आँकडा वर्ल्डोमिटर्स अनुसार हो । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले संसारका जुन देशका अस्पतालमा संक्रमितको उपचारमा रेम्डेसिभिर इन्जेक्सनको प्रयोग भइरहेको छ, त्यसलाई तत्काल रोक्न भनेको छ । संगठनका अनुसार कोरोनाको उपचारमा यसको प्रभावकारीताबारे कुनै प्रमाण नभएको बताएको छ । 

ट्रम्पको उपचारमा प्रयोग गरिएको थियो रेमडेसिविरः

‘द गार्डियन’ को एक रिपोर्ट अनुसार गत महिना चुनावी अभियानको क्रममा जब अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प संक्रमित भएका थिए, त्यतिबेला उनको उपचारमा रेमडेसिभिरको प्रयोग गरिएको थियो । अब डब्ल्यूएचओले यसको प्रयोगमा रोक लगाउने सल्लाह दिइरहेको छ । 

बिहिबार जारी बयानमा डब्ल्यूएचओले भन्यो, ‘हाम्रो गाइडलाइन कमेटीले यदि रेमडेसिविर अस्पतालमा उपचारका लागि प्रयोग भइरहेको छ भने यसलाई तत्काल बन्द गर्नुपर्छ । हामीले यसको कुनै पनि प्रमाण भेटेका छैनौं सक कोभिड बिरामीको उपचारमा यो उपचार प्रभावकारी छ । ’

चीनमा १० लाख व्यक्तिहरुलाई भ्याक्सिनः

चीनका राष्ट्रपति शी जिनपिङले संसारभरीका देशलाई कोरोनाको भ्याक्सिनलाई सहयोग गर्न अपिल गरेका छन् । खबरका अनुसार चीनले अहिलेसम्म आफ्ना देशका करिब १० लाख मानिसहरुलाई ‘सायनोफार्म’ भ्याक्सिन लगाइदिएको छ । चीनका सरकारी अधिकारीले मिडियालाई खासै जानकारी दिँदैनन् तर भ्याक्सिन दिएको खबर उनले पुष्टि गरेका छन् । उनले भने, ‘भाइरससँग जुध्नका लागि सबैभन्दा आवश्यक कुरा भनेको हामी सबै देश मिलेर यसको भ्याक्सिन र औषधीमा काम गर्नु हो । यसबारे एक अर्कामाथि आरोप लगाउने खतरा कम हुनुको साटो बढ्दै जानेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप