शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मल शर्माको ब्यङ्ग्य ‘कोरोनाले बडी सेप, ट्याटु र घाँटीको सिक्री हेर्दैन’

शुक्रबार, ०५ मङ्सिर २०७७, ११ : ११
शुक्रबार, ०५ मङ्सिर २०७७

काठमाडौं – कलाकार, निर्माता, निर्देशक निर्मल शर्मा सामाजिक संजालमा निकै सक्रिय रहने गर्दछन् । उनले हरेक दिन सामाजिक संजालमा सुचना र सन्देश मुलक सामाग्री समेत पोष्ट गर्दछन् ।

सामाजिक संजालमा धेरैजसो उनले पोष्ट गर्ने सन्देश मुलक सामाग्री ब्याङ्ग्यले भरिएको हुने गर्दछ । उनी समसामाहिक सन्देशमा पनि ब्यङ्ग्य मिसाएर गर्न माहिर छन् ।

हालै पनि उनले सामाजिक संजालमा कोरोनाबाट बच्न न्यानो लुगालगाएर चिसोबाट बच्नुपर्ने सन्देश दिएका छन् । यो सन्देशमा पनि समाजका केही नराम्रा प्रबृति प्रति ब्याङ्ग्य गरेका छन् । 

‘तपाइको बडी सेप होला, ट्याटु गजबको होला, घाटीमा लगाएको सिक्री भयंकर होला । तर कोरोनाले त्यो सब हेर्दैन है’ उनले स्टाटसमा अगाडि लेखेका छन् ‘टम्म परेको लुगा लगाएर चिसोबाट बच्नु होला । चिसो खानेकुरो नखानुहोला ।’
शर्माले कोरोनाले धनी गरिब केही नहेर्ने भन्दै सबैलाई सुरक्षित रहन समेत उक्त पोष्टमा आग्रह गरेका छन् ।

शर्माले केही दिन पहिले अहिले कोरोनाको महामारीको समयमा पनि फिल्म बनाउन तम्सने निर्माता बहादुर भएको चर्चा गरेका थिए । उनले त्यस्ता निर्मातालाई बलभद्र कुँवर र भिमसेन थापाभन्दा बहादुर भएको भन्दै ब्यङ्ग्य गरेका छन् ।
जुन ब्याङ्ग्यले सामाजिक संजालदेखि मिडियासम्म चर्चा पाएको थियो ।

कलाकार शर्मा अहिले आफै कोरोनासँग लडिरहेका छन् । केही साता अगाडि उनीमा कोरोना पोजेटिभ पुष्टी भएको थियो । जसको जानकारी समेत उनले सामाजिक संजाल मार्फत नै गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप