प्रशंसा र आलोचना
बिहीबार, ०४ मङ्सिर २०७७, २३ : ३६

कसैले सडकको किनारमा एउटा इनार खनायो ।
गर्मी ठाउँ थियो, सडकमा आउने जाने यात्रीहरु प्यास लाग्दा इनारबाट पानी निकाल्थे, पिउँथे । इनार खनाउनेको प्रशंसा गर्थे र भन्थे– “क्या गजबको ठाउँमा इनार खनाएछ ! आहा !!”
केही समयपछि अँध्यारो रातमा त्यसै बाटो हिँड्दा झुक्किएर एकजना यात्री त्यो इनारमा परेछ र मरेछ ।
त्यसपछि मानिसहरु त्यो इनार खनाउने मान्छेको आलोचना गर्न थाले र एक मुख भएर भन्न थाले– “कस्तो बेठीक ठाउँमा इनार खनाएको हकि ? यस्तो ठाउँमा इनार खनाउँनै नहुने !”