शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित, सरकारी अधिकारी चिन्तित

बिहीबार, ०४ मङ्सिर २०७७, २२ : २९
बिहीबार, ०४ मङ्सिर २०७७

एजेन्सी । कोरोनाभाइरसको महामारी फैलिएको जापानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । अर्को वर्ष ओलम्पिक आयोजना गर्न लागेको जापानका सरकारी अधिकारीहरु महामारी थप फैलिँदै गएपछि चिन्तित पनि भएका छन् ।

महामारी नियन्त्रण गर्नका लागि अन्य देशहरुको तुलनामा राम्रो व्यवस्थापन तथा नियन्त्रण गरेको जापानमा अहिलेसम्म दुई हजारभन्दा कमको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले विहिबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा दुई हजार १७९ जना सङ्क्रमित भएका हुन् ।

एकैदिनमा दुई हजारभन्दा बढी सङ्क्रमित भएको यो पहिलो पटक भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।  भाइरसको महामारी बढ्दै गएपछि प्रधानमन्त्री योशिहिडे सुगाले उच्च सतर्कता अपनाउन सबैलाई आह्वान गरेका छन् । उनले मास्कको प्रयोग गर्न पनि आग्रह गरेका छन् । –एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप